Thursday 2nd May 2024

कार दुर्घटनामा परेर कोमामा गएको २७ वर्ष पछि कोमाबाट फिर्ता


तितोपाटी – यूएईकी एक महिला २७ वर्षपछि कोमाबाट होसमा आएकी छन् । कार दुर्घटनामा परी सन् १९९१ मा कोमामा गएकी महिला जर्मनीको एक अस्पतालमा गत वर्ष होसमा आएको समाचार अन्तर्राष्ट्रीय समाचार एजेन्सीले जनाएका छन् । मुनिरा अब्दुल्ला नाम गरेकी महिला ३२ वर्षको उमेरमा सन् १९९१ मा चार वर्षीय छोरालाई स्कुलबाट लिएर आउँदा उनी चढेको कार एउटा बससँग ठोक्किएर दुर्घटना भएको थियो । साेही दुर्घटनाबाट उनी काेमामा गएकी थिइन् । उनका छोरा छोरा ओमार वेबायरले आमाको स्वास्थ्यस्थितिमा भएको अद्भुत सुधारबारे बताएका छन्।


ओमारले युएईको द न्याश्नल समाचारपत्रिकालाई बताए अनुसार दुर्घटनाको बेला आमा छोरा पछाडिको सीटमा रहेका थिए । दुर्घटना हुनै लाग्दा उनकी आमाले ओमारलाई बचाउन अँगाालो हालेकी थिइन् । ओमारले लामो समयको उपचारपछि आमाको होस आएको कुरा बताउँदै मानिसहरूले आफ्ना प्रियजनप्रति रहेको आशा नगुमाऊन् भनेर आमाको कथा अहिले अरूलाई भनेको बताएका छन्। उनले विषम परिस्थितीमा हुँदा तिनलाई मृत नठान्नुहोस् बनेका छन् ।

उनलाई उपचारका लागि लण्डन लगिएको थियो । त्यसपछि उनलाई युएईमै ल्याइएको थियो । सन् २०१७ आबु धाबीस्थित एक सरकारी निकायको आर्थिक सहयोगमा उनलाई उपचारका जर्मनी लगिएको थियो ।

एक दिन अस्पतालमा ओमार र डाक्टरहरुबीच विवाद हुँदा उनी आवशेमा आएको र त्यो बेला उनको मुखबाट आवाज निस्केको थियो । त्यसको ३ दिनपछि उनी बोल्न सक्ने भएकी थिइन् । हाल उनी आबु धाबी फर्किएकी छन्। उनलाई फिजियोथेरपी र पुनर्स्थापनाका लागि अरू विधि गराइँदैछ।

मस्तिष्कको चाेटका कारण कोमामा गएका मानिसहरुको स्वास्थ्य अवस्थाका बारे केही थाहा नहुने विशेषज्ञहरु बताउछन् । यो एक दुर्लभ घटना हो । कोमामा जानु भनेको निदाउनुजस्तै हो भन्ने मानिन्छ । कोमाबाट बाहिर निस्कने मानिसमा अक्षमता बढ्दै जान्छ र उनीहरूलाई पुनर्स्थापना केन्द्रको समेत आवश्यकता पर्न सक्छ ।


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...