Friday 25th September 2026

साउदी अरबमा एकै दिन ३७ जनालाई मृत्युदण्ड


तितोपाटी – साउदी अरबले आतकंवादी घटनामा संलग्न भएका भन्दै ३७ जनालाई मृत्युदण्ड दिएको छ । गत मंगलबार साउदी सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’ यो जानकारी दिएको हो । साउदीको गृह मन्त्रालयले जारी गरेको एक विज्ञप्ती अनुसार ३७ मध्ये एक अभियुक्तलाई सुलीमा चढाइयो । सामान्यतया साउदी अरबमा घाँटी काटेर मृत्यु दिने प्रचलन छ । राज्यको कानुनअनुसार अत्यन्त जघन्य अपराध गर्नेहरुलाई मृत्युदण्डपछि सुलीमा चढाइन्छ ।

‘उग्रवादी आतंकवादी विचारधारा अंगिकार गरेका र आतंकवादी समूह निर्माण गरेकोमा कयैन अपराधीलाई मृत्युदण्ड दिइयो । तिनहरूले सुरक्षा व्यवस्था भड्काउने र सम्प्रदायीक विग्रह फैलाउने अभिप्राय राखेको देखिन्थ्यो,’ साउदी प्रेस एजेन्सीले गरेको एक ट्वीटमा उल्लेख छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा मृत्युदण्ड दिइएका सबैको नामावली पनि दिइएको छ । मृत्युदण्ड दिइएका अधिकांश साउदी अरबको अल्पसंख्यक सिया समुदायका छन् । सजाय दिइएका ११ व्यक्तिलाई इरानको लागि जासुसी गरेको दोष लगाइएको छ । मृत्युदण्ड दिइएका १४ जना सन् २०११ र २०१२ बीच देशको पूर्वी भागमा भएका सरकार विरोधी प्रदर्शनकारी छन् ।

मंगलबारको सरकारी वक्तव्यमा अबुकरिम अल–हवाजको नाम पनि उल्लेछ । एम्नेष्टी इन्टरनेशनलका अनुसार उनी पक्राउ पर्दा १६ वर्षका नाबालिग थिए । उनलाई सरकार विरोधी प्रदर्शनमा सहभागी भएकोमा दोषी ठहराइएको थियो ।

एम्नेष्टी इन्टरनेशनले विगतदेखि नै साउदी अरबको न्यायिक प्रणाली स्वच्छ नरहेको बताउदैं आएको छ । मंगलबार मृत्युदण्ड दिइएका आरोपीहरुको मुद्धा सुनुवाईमा पनि अन्तराष्ट्रिय सुनुवाईका मापदण्ड प्रयोग नगरिएको उसको आरोप छ । एम्नेष्टिका अनुसार साउदी अरबमा यातनामार्फत लिइएका बयानलाई ठोस प्रमाणको रुपमा प्रयोग गरिन्छ ।

साउदी अरबले भने एम्नेष्टीको आरोपलाई बारम्बार खण्डन गर्दै आएको छ । मृत्युदण्ड दिने सवालमा साउदी अरब विश्वमै अग्रस्थानमा आउँछ । सन् २०१६ जनवरीमा उसले ४७ सम्मलाई मृत्युदण्ड दिएको इतिहास छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...