Sunday 28th April 2024

एनआरएनए कुवेतद्धारा बारा र पर्साका हावाहुरी पीडितहरुलाई आर्थिक सहयोग


तितोपाटी – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले बारा र पर्साका हावाहुरी पीडितहरुलाई रु. ५१,०००।– (अक्षेरुपी एकाउन्न हजार रूपैया) आर्थिक सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको ४- अप्रिल, २०१९ बिहीबारको दिन आपतकालीन बैठक  बसेको थियो । उक्त बैठकले मध्य तराईको बारा र पर्सा जिल्लाहरुमा आएको बिनाशकारी हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आर्थिक  सहयोग गर्ने निर्णय गरेको थियो ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले न्युनतम ५० हजार रुपैया सहयोग पठाउन गरिएको सर्कुलर अनुसार पहिलो चरणको सहयोग एनसिसी कुवेतले पठाएको जानकारी अध्यक्ष सुमित्रादेवि पौडेलले जानकारी गराएकी छिन ।

हावाहुरीबाट प्रभावित क्षेत्रको लागि सहयोग संकलन हुने क्रममा मध्यपूर्वबाट कुवेत, बहराईन र ओमानबाट एनआरएनएको खातामा संकलित आर्थिक सहयोग जम्मा भईसकेको आइसिसी सदस्य अमित चाम्लिङ राईले बताएका छन । उक्त संकलित रकम प्रभावित क्षेत्रमा राहत बितरण गरिने पनि जानकारी गराएका छन ।


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...