Wednesday 4th March 2026

युएईको जेलमा रहेका खड्गबहादुरलाई छुटाउन ६० लाख ब्लडमनी अदालतमा बुझाइयो


तीतोपाटी- पाँच वर्षदेखि यूएईको आबुधाबीमा जेल रहेका फेदाप – २ तेह्रथुमका खड्गबहादुर जोगीलाई छुटाउन ब्लडमनी त्यहाँको उच्च अदालतमा बुझाइएको छ । ब्लडमनी बापतको २ लाख दिर्हाम अर्थात झन्डै ६० लाख रुपैयाँ गएको सोमबार त्यहाँको उच्च अदालतमा बुझाएको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।

रकम अदालतमा बुझाएको र बाँकी केही अदालती तथा प्रशासनिक प्रक्रिया पुरा गरेपछि उहाँ नेपाल जान सक्ने दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो।

जोगीलाई आफ्नै सहकर्मी फिलिपिनो नागरिकको हत्या गरेको अभियोगमा सन् २०१४ मे महिनामा पक्राउ गरी जेल चलान गरिएको थियो । आबुधाबीको अल वात्बा जेलमा जेल जीवन बिताइरहेका जोगीलाई गएको मार्च २७ सम्म जेल बस्नुपर्ने र २ लाख दिर्हाम ब्लडमनी तिरेपछि यूएईबाट निकाला गरेर स्वदेश पठाउने फैसला अदालतले गरेको थियो ।

जोगीले आफूलाई लागेको हत्या आरोप झुठो भएको भएको बताउँदै आउनुभएको छ । उहाँले आफूले फिलिपिनो नागरिकको हत्या गरेको नभई बचाउन खोज्दा आफू फसेको परिवारसँग बताएपनि अदालती बयानमा भने हत्या गरेको स्वीकारेको र उनले हत्या गरेको सँगै काम गर्ने साथीहरुले समेत देखेको उल्लेख छ ।

अदालतको फैसला अनुसार आवश्यक पर्ने ब्लडमनीका लागि परिवारले अपिल गरेपछि इजरायलमा कार्यरत तेह्रथुमका देव बाँस्कोटाको पहलमा स्वदेश तथा विदेशमा रहेका नेपालीबाट जोगी बचाउ अभियान सञ्चालन गरेर विभिन्न देशमा रहेका नेपालीबाट ६१ लाख ९४ हजार रूपैयाँ संकलन गरेको थियो ।

सङ्कलित रकम एक महिनाअघि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको उपस्थितीमा यूएईका लागि नव नियुक्त राजदूत कृष्णप्रसाद ढकाल, नियोग उपप्रमुख सागरप्रसाद फुयाँललाई हस्तान्तरण गरिएको थियो ।

त्यही रकम आबुधावीमा रहेको नेपाली दूतावासमा आएलगत्तै दूतावासका स्थानीय जनसम्पर्क अधिकृत इर्फान आलमले अदालतमा बुझाइसकेकोले जोगी छिट्टै नेपाल फर्किने बाटो खुलेको दूतावासका नियोग उपप्रमुख तथा प्रवक्तता सागरप्रसाद फुयाँलले बताउनुभयो ।

साभार- उज्यालो अनलाईन


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...