बिमल दाहाल – विद्यार्थी भनेका देशका गहना हुन भनेर देशले नकार्न मिल्दैन्न । जसरी एउटा कुमालेले भाँडा बनाउन तयार पारेर गिलो माटो राख्छ विद्यार्थी भनेका त्यस्तै हुन, जसलाइ चाहेको आकार दिन सकिन्छ। विद्यार्थीले नै देशलाइ भविष्मा समृद्द बनाउन सक्छ्न र गरिबी भन्दा तल पुर्याउन नसक्लान भन्न पनि सकिन्न। त्यसैले यी कलिलो भिजेका माटोको रूपमा रहेका विद्यार्थीलाइ निश्चित आकार बनाउनमा हरेक अघिल्लो पुस्ताको महत्वपुर्ण रहन्छ। जसरी गिलो माटो तयार गरेर बिच मै छोडिदियो भने त्यो पुरानो माटोकै स्वरुपमा पुग्दछ त्यसरी नै विद्यार्थीलाइ पनि सकहि दिशा निर्देश गरिएन भने माटोको पारा हुन्छ । गिलो माटोबाट इच्छाएको अाकारको भाँडा बनाए जस्तै विद्यार्थीलाइ पनि परिवार, समाज र राष्ट्रले सहि मार्ग देखाएर एक असल नागरिक बनाउन सक्नुपर्छ । यो पूरा ब्रमाण्डलाइ परिवर्तन गर्न सक्ने मुख्य हतियार भनेको शिक्षा हो र त्यही शिक्षा ग्रहण गर्न अग्रसर हुने विद्यार्थी हुन ।शिक्षाले नै संसारलाइ हिँजोको ढुंगे युगबाट अाजको आधुनिक युगमा ल्याएको हो ।
विश्वमा धेरै देशहरुको साक्षरता स्तर सत प्रतिशत रहेको छन।यस्ता राष्ट्रहरुलाइ नियाल्दा ती देशहरू हरेक कुराहरुमा अगाडि छ्न।समृद्दि,बिकास,नया कुराहरुको खोज यी याबदत कुराबाट अझ नया ज्ञान आर्जन गर्ने शिलसिला तर्फ हरक्षण अग्रसर छन र त्यहाँ शिक्षा ग्रहण गर्ने ब्यक्तिहरु कहिल्यै थाकेका छैनन।हर पल नया नया कुराको खोजीमा लागिपरेका छन्।नेपाल भन्दा बाहिर रहेर नियाल्ने हो भने शिक्षा तथा विद्यार्थीको एउटा सम्बन्ध जस्तो हुनु पर्ने हो त्यो भन्दा घनिष्ठ रहेको पाइन्छ तर नेपालको सन्दर्भमा हेर्दा मनमा अलिकती खिन्नता पैदा हुन्छ। कारण के होला त?कारण सजिलो छ।सबैले स्पस्ट बुझ्न सकिन्छ।यस्तो हुनुको मुख्य समस्या राजनीतिक दाउपेच हो।हाम्रो देशका नेताहरु सत्ताको होडबाजीमा लिन भैसकेका छन कि उनिहरुलाइ थाहा छैन कि अन्तर्राष्ट्रिय रुपमा हेर्दा नेपालको शैक्षिक प्रणाली कति सम्म कम्जोर छ र देश कति पछाडी परिरहेको छ।
नेपालमा अन्तर्राष्ट्रिय शिक्षाको पहिलो प्रतिबेदन २०७१ अनुसार प्राथमिक तहमा ४१.९%महिला र ५८.१%पुरुष गरि १८६६१४ जना अध्यनरत छन भने माध्यामिक तहमा १७.४%महिला र ८२.६%पुरुस गरि जम्मा ३८८५८ जना बिध्यार्थी अध्यनरत छ्न।प्राथमिक तहबाट माध्यामिक तह सम्मको तथ्यांक हेर्दा धेरै अनुपातमा गिरावट भैरहेको देखिन्छ।यसरी अध्यनमा गिरावट हुँदा उच्च माध्यामिक तहको शिक्षा आर्जन गर्ने विद्यार्थीको अबस्था झन खस्किन सक्ने सम्बाभना धेरै रहन्छ। तब कसरी हुन्छ साक्षरता दर सत प्रतिशत ? जबसम्म साक्षरता प्रतिशतमा बृद्दी हुदैन्न तबसम्म देशमा दक्ष जनशक्तिको अभाब भैरहन्छ। दक्ष जनशक्ति बिना देशको परिबर्तन सम्भब हुदैन।सधारण साक्षर ब्यक्तिले मात्र देशको बिकासमा पुर्ण रुपमा टेवा पुग्न सक्दैन।देश बिकास गर्न तयार गरिएका हरेक योजनाहरुमा दक्ष जनसक्तिको आबस्यक पर्दछ।देशमा दक्ष जनशक्तिको अभाब छ भने बाह्य राष्ट्रहरुबाट त्यस्तो जनशक्ति नेपाल भित्र्याउनु पर्ने हुन्छ।भने हामी नेपाली जनशक्तिले तल्लो स्तरमा बसेर काम गर्नु पर्ने हुन्छ जस्ले गर्दा नेपालको अर्थ नेपालले कम र बाह्य राष्ट्रल बढि प्राप्त गर्छ र नेपाली रुपैया बाहिरी देशमा लैजादा नेपाल लाई घाटा हुन्छ।नेपालमै सबै योजनाहरुका लागि दक्ष जनशक्ति हुनु हो भने नेपाली रुपया नेपालमै खर्च हुन्छ।यसले नेपाल लाई धेरै टेवा पुग्दछ।
नेपाल मा उच्च तहसम्म पुग्दा साक्षरता दर घट्दो क्रममा देखिन्छ।यसका विभिन्न कारण हरु रहेका छ्न।जस मध्य सबै भन्दा मुख्य समस्या भनेको गरिबी, रोजगारी र अभाब हो।यदि देशमा रोजगारिको ब्यवस्था सहज रूपमा भएमा मानिसहरु शिक्षामा अग्रसर हुने थिए।किनभने शिक्षा आर्जन गरिसके पछि रोजगारीको पक्का हुने बितिक्कै मानिसहरु ज्ञान र योग्यता बटुल्न तिर लाग्थे।जसको कारणले राम्रो स्तरमा रोजगार पाउने आसा रहन्थ्यो तर यस्तो ब्यवस्था नेपालमा सरकारले उपलब्ध गराउन सकिरहेको छैन । तसर्थ युवाहरु माध्यमिक तहको अध्ययन गरि परिवार खुसी राख्ने हेतुले वैदेशिक रोजगारीको लागि विदेश पलायन हुने गर्दछन।बाकी रह्यो आफ्नो पारिवारिक अबस्था ठिक भएका परिवारका विद्यार्थी। उनीहरू उच्च माध्यामिक तह सम्मको अध्ययन त गर्छन तर योग्यता अनुसारको रोजगारीको अभाबमा विदेशमै आफ्नो क्षमता बाडेर बस्छ्न। यसरी सबै कुराहरुलाइ नियाल्दा नेपालको मुख्य समस्या भनेकै नेपाली राजनीतिमा देखिन्छजसले नेपालको समस्या र विद्यार्थीको महत्व बुझ्न सकेको छैन या जानी जानी गलत बाटोमा हिडिरहेको छ।नेपाली शिक्षा नीतिमा सुधार गरि नया शैक्षिक प्रबिधी तथा उपकरणहरुको बृद्दी गरि देशका हरेक नागरिकलाई पुर्ण साक्षर तथा दक्ष बनाउने हो भने देशले हरेक क्षेत्रमा फड्को मार्न सक्छ तर बिडम्बना यो कसरी सम्भब छ भन्ने खोजी गरिनु त परै जावस अनेकौ विद्यार्थी सङ्गठनको नाममा राष्ट्रको भविष्य सुधार्ने जिम्मेवारी पाएका बरिष्ठ ब्यक्तिहरुले ब्यक्तिगत स्वार्थको लागि विद्यार्थी परिचालन गरिरहेको छन विद्यार्थी एउटा यस्तो शक्ति हो जस्ले पुरै ब्रम्हाण्डलाई नै नया आयाम दिन सक्छ। जब एउटा विद्यार्थी पुर्ण रुपमा शिक्षित हुन्छ उसमा हजारौ ब्यक्तिपलाई शिक्षित बनाउन सक्ने क्षमता रहेको हुन्छ।जब हजारौ शिक्षित हुन्छ्न।तब पुरै ब्रमाण्ड ज्ञानको खानी बन्दछ। यहि ज्ञानको खानीबाट के के निकाल्ने हो ? तिनै शिक्षित ब्यक्तिहरुले तय गर्दछ्न। ज्ञानको खानी बाट के के निकलीएला त ? बिकास, सम्बृद्दी,स्रोत र साधन को सदुपयोग,सुरक्षा,नियम कानुन ,आधुनिक प्रबिधी।यिनै कुराहरु निस्कन्छन।प्रमाणको रूपमा सत प्रतिशत साक्षरता भएका देशहरुमा भएको आधुनिकिकरणबाट प्रस्ट हुन सकिन्छ र यसरी आधुनिकिकरण हुदा उत्पन्न हुने समस्याहरुको समाधान पनि यिनै विद्यार्थीले गर्दछन।तसर्थ देसको बिकास तथा सम्बृद्दीको लागि सर्ब प्रथम विद्यार्थीको भविष्य सुनिश्चता हुनु पर्दछ।
नेपालको शैक्षिक स्तर निकै नै कमजोर रहेको छ जस्ले गर्दा नेपाल निकै नै पछाडी धकेलिएको छ । विश्वका अन्य देशमा शिक्षा क्षेत्रले चरमचुली छोइरहँदा नेपालमा भने तुइन चडेर घन्टौ लगाएर बिधालय पुग्नु पर्ने अवस्था छ ।पढ्न चाहने विद्यार्थीलाइ पनि जवर्जस्ती राजनीति लादिएको छ । विद्यार्थीलाई पुर्ण रुपमा शिक्षा सिकाउने हो भने राजनीति सिकाउनु पर्दैन।उ आफैमा कुसल राज्नितिज्ञ, शिक्षक,डक्टर,इन्जिनियर,पाइलट,बैज्ञानिक निर्माण भैसकेको हुन्छ।शिक्षकहरु राजनीतिक पार्टीको पछाडी दौडिएर बिधार्थीलाई पनि यस्तै सिकाउने प्रबिधी भएपछी बिधालय तथा क्याम्पसमा शिक्षाको माहोल हराउँदछ। विद्यार्थीहरू पढ्ने भन्दा पनि राजनीति गर्ने तर्फ उद्दत हुन्छन् । फलस्वरुप काम भन्दा गफ धेरै गर्ने क्षमताको मात्र बृद्दी हुन्छ। तब शिक्षा बिचमै रोकिन्छ। नेपालमा यस्तै यस्तै चलन चल्तिको कारणले विद्यार्थीहरू गलत बाटोमा हिड्न बाध्य छ्न।यदि विद्यार्थीको अध्ययनलाइ शिक्षामा मात्र केन्द्रित गराउने हो भने विद्यार्थी नया नया कुराहरुको खोजी तिर लाग्दछन। शिक्षामा कम्जोरी के के हुन पहिचान गरि त्यसको समाधान कसरी गर्ने हो भन्ने तिर लाग्दछन। सहि शिक्षा प्राप्त गर्न के के कुराको अभाब छ पूरा गर्न तिर लाग्छन। तब शिक्षामा बिकास हुन्छ। नया प्रविधिको अभावको आभास हुन थाल्छ। फलस्वरुप ती प्रबिधी नेपालमा कसरी भित्र्याउने हो भन्ने तर्फ ध्यान केन्द्रित हुन्छतर नेपालमा ठ्याक्कै यस्को बिपरित भैरहेकोछ। विद्यार्थीहरु पढाइमा भन्दा पनि राजनीतिक कृयाकलाप,आन्दोलन र पार्टीको पछाडी मात्र दैडिरहेका छ्न।यसले फाइदा ल्याउँछ कि घाटा? हो आन्दोलन हुनु पर्छ देशको शैक्षिक अबस्थामा आधुनिकिकरण गर्नको निम्ती, तुइन चडेर बिधालय पुग्ने विद्यार्थीको निम्ति तर निस्चित रुपमा शिक्षामा बाधा नपुग्ने तरिकाबाट।देशलाइ अग्रगतिमा लैजाने जिम्मेवारी विद्यार्थीको हातमा छ।देशलाई बिकास,समृद्दि तथा आधुनिकिकरण गर्ने हो कि अझै गरीबि तिर धकेल्ने हो देसका अनगिन्ती विद्यार्थी सङ्गठनले यो बुझ्न जरुरी छ। हाम्रो शैक्षिक प्रणालीमा परिवर्तन छ कि छैन?,शैक्षिक आधुनिकरण छ कि छैन? विद्यार्थीका समस्या के के हुन ? के के समस्याको कारणले नेपालको साक्षरता दर घट्दो क्रममा छ ? यसलाइ पहिचान गरि ब्यतिगत स्वार्थ त्यागेर देश बिकास तर्फ जागरुक हुन नेपाल सरकारलाई ध्यानाकर्षण गराइ विद्यार्थीको भविष्य सुनिस्चित गर्न तर्फ लाग्ने हो भने नसोचेको परिबर्तन हुने थियो ।