Tuesday 6th October 2026

बंगलादेशमा जुम्ल्याहा बच्चा पनि १ महिना अघि पछि गरेर जन्मिए


तितोपाटी – बंगलादेशमा एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले बीबीसीलाई जानकारी दिएका छन्। २० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको अन्तिममा पहिलो बच्चा जन्माएकी थिइन्। त्यसको २६ दिनपछि पुन पेट दुख्न थालेपछि उनलाई अर्को अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरहरूले उनी अझै गर्भवती रहेको र उनको अर्को पाठेघरमा जुम्ल्याहा बच्चा रहेको फेला पारेका थिए।

तत्कालै सिजरिङ विधिबाट ती जुम्ल्याहालाई जन्म दिइएको हो। पछि जन्मेका दुवै शिशु र आमाको स्वास्थ्य अवस्था सन्तोषजनक रहेकाले तिनीहरूलाई केही दिनमै अस्पतालबाट डिस्जार्च गरिएको थियो। एक विकट गाउँ निवासी सुल्तानाले पहिलो बच्चालाई खुल्ना जिल्लाको खुल्ना मेडिकल कलेज हस्पिटलमा जन्म दिएकी थिइन्।

दोस्रोपटक २१ मार्चमा जेस्सोरे जिल्लाको एड–डिन अस्पतालमा पुर्याइएका उनको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सेइला पाडारले शल्यक्रिया गरेकी थिइन्। डाक्टर पोदारले आफूले पहिले कहिल्यै यस्तो घटना नदेखेकाले निकै आश्चर्य लागेको बताएकी छिन्। उनले सुल्तानको पति निकै गरिब भएकाले उनको पहिले अल्ट्रासाउन्ड नगरिएको बताएकी छिन्।

तर दोस्रोपटक उनलाई किन अर्कै अस्पताल लगियो भन्ने स्पष्ट हुन सकेको छैन। सिंगापुरस्थित एकजना स्त्रीरोग विशेषज्ञले भने महिलामा दुईवटा पाठेघर हुनु कुनै असामान्य घटना नभएको बताउँछन्।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...