Wednesday 29th July 2026

अस्ट्रेलियामा सडक दुर्घटनामा फेरि एक नेपालीको मृत्यु, चारजना घाइते


तीतोपाटी- सिड्नीबाट अल्बरीतर्फ गइरहेको गाडी बिहीबार दुर्घटना हुँदा एक नेपालीको घटनास्थलमै मृत्यु भएको छ भने कारचालक गम्भीर घाइते भएका छन् ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार मृत्यु हुनेमा आर्यन आचार्य रहेका छन् । आचार्य पाँच जना सवार कारको अघिल्लो सिटमा बसेका थिए । गत २८ मार्चको बिहान करिब साढे सात बजे ह्युम हाइवेको मुलेनगन्ड्रा भन्ने ठाउँनजिक एउटा गाडी तीव्र गतिमा रूखसँग ठोक्किएर पल्टिएपछि आकस्मिक सेवालाई खबर गरिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका कारचालक बलराम पराजुलीलाई अल्बरी अस्पतालमा उपचार हुन नसकेपछि क्यानबेरा लगिएको छ । त्यसैगरी पछिल्लो सिटमा सवार अभिषेक घिमिरे, रोशन भेटवाल र विज्ञान सुवेदीको उपचार अल्बरी अस्पतालमा भइरहेको छ । उनीहरूलाई कारको पछिल्लो सिटमा च्यापिएको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते चालक पराजुलीलाई भने हेलिकोप्टरमार्फत् अस्पताल लगिएको थियो । प्रहरीले उक्त घटनासम्बन्धी छानविन शुरु गरिसकेको जनाएको छ । यसअघि गत २३ मार्च शनिबारका दिन सिड्नीको पारामाटामा नेपाली विद्यार्थी सौहार्द पाण्डे मृत फेला परेको खबरले नेपाली समुदायलाई स्तब्ध बनाएको थियो ।

काम, कलेज तथा अन्य मानसिक समस्याहरूसँग पौठेजोरी खेल्दाखेल्दै जीवनसँग हार खाएका पाण्डेको पार्थिव शरीरलाई नेपाल लैजानका लागि नेपाली समुदायले आर्थिक संकलन अभियान समेत चलाएको थियो । उनीसँगै काम गरेका साथीहरूले उनलाई सहृदयी र उदार व्यक्ति रहेको बताए ।

नेपाली विद्यार्थीहरू अस्ट्रेलियामा बढेसँगै विभिन्न दुःखद् घटनाहरू पनि वृद्धि भइरहेका छन् । सवारी साधन चलाउँदा, पौडी खेल्दा वा दिनानुदिनका कार्य गर्दा अपनाउनुपर्ने सावधानीको कमीले पनि कतिपय घटनाहरू वृद्धि भइरहेका छन् भने कतिपय घटनामा विद्यार्थीहरू काम, कलेज तथा अन्य समस्याबाट समेत मानसिक रूपमा विक्षिप्त हुँदै जाँदा दुःखद् घटनाहरूमा वृद्धि भइरहेकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने जानकारहरू बताउँछन् ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...