Thursday 24th September 2026

नयाँ गीत रातो माटोबाट राजु ढकाल र देबी घर्ती फेरि चर्चामा


तीतोपाटी-नेपाली लोकदोहोरीको नमुना जोडी अर्थात निकै सफल जाेडीको रुपमा देवी घर्ति र राजु ढकाललाई लिने गरिन्छ । यो जोडी पारिवारीक रुपमा मात्र मिलेको छैन सागितीक क्षेत्रमा समेत निकै जमेको छ ।

यहि जोडीले आवाज दिएकाे र दमदार अभिनय समेत रहेको नयाँ गीत रातो माटोको भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतमा माया प्रेमलाई विषयबस्तु बनाइ निकै उत्कृष्ट शब्द कोरेका छन भने सोहि अनुसारको सुमधुर लय समेत बनाएका छन, लोकप्रिय सर्जक प्रसाद लामिछानेले । दर्जनौं उत्कृष्ट सिर्जना स्रोता दर्शक माझ प्रस्तुत गरिसकेका सर्जक लामिछानेको यो अर्को उत्कृष्ट सिर्जना समेत बन्न सफल भएको छ ।

दिलिप रेग्मीले निर्देशन गरेको सो गीतमा राजु देवीको जोडीको मनमोहक अभिनयले सबैलाई चकित पारेको छ । गीतलाई प्रसाद डिजिटलले बजार ब्यवस्थापन गरेको छ ।

हेरौं गीतको पुरै म्युजिक भिडियो


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...