Sunday 19th May 2024

विद्यार्थी भिसामा कडाइ गर्दै दक्षिण कोरिया


तीतोपाटी-दक्षिण कोरियामा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्यामा वृद्धि भएसँगै सरकारले भिसा नीतिमा कडाइ गर्ने भएको छ।

कोरियामा अध्ययनको लागि आएका विद्यार्थीहरू अबैध रुपमा बस्न थालेपछि  न्याय मन्त्रालयाले सो निर्णय गरेको  आइतबार बताएको छ।

सोमबारदेखिनै लागू हुने उक्त नीति अनुसार तोकिएको कोरियन भाषा पास गरेको विद्यार्थीले मात्र कोरिया अध्ययनको लागि निवेदन दिन पाउनेछ।

त्यस्तै यहाँ रहेका विद्यार्थीलेसमेत भिसा लम्ब्याउन चाहेमा सरकारले तोकेको क्राइटेरिया पुरा गर्नुपर्नेछ। जसलाई ‘ल्याङ्वेज एक्सचेन्ज भिसा सिस्टम’ नाम दिइएको छ।

कोरिया अध्ययनमा आउने विद्यार्थीमध्ये सन् २०१५मा ४ हजार २ सय ९४ विद्यार्थी अवैध बसेका थिए भने सन् २०१८ सम्म आइपुग्दा यसरी अवैध बस्ने विद्यार्थीको संख्या १२ हजार ५ सय २६ पुगेको छ।

‘विश्व विद्यालयलाई विदेसी विद्यार्थी छान्ने नियममा  हामीले निकै लचकता अपनाएका थियौ, तर परिणाम सोचे भन्दा बिपरित आयो’, मन्त्रालयका एक अधिकारीले भने।

यसरी अवैधानिक बस्नेमा भियतनामी विद्यार्थीको संख्या सबैभन्दा बढी छ। सरकारले आगामी दिनमा उच्चस्तरीय ५० वटा विश्वविद्यालयलाई मात्र विदेशी विद्यार्थी अध्यापनको लागि सम्बधन दिने तयारी गरेको बताएको छ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...