Saturday 17th October 2026

विद्यार्थी भिसामा कडाइ गर्दै दक्षिण कोरिया


तीतोपाटी-दक्षिण कोरियामा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्यामा वृद्धि भएसँगै सरकारले भिसा नीतिमा कडाइ गर्ने भएको छ।

कोरियामा अध्ययनको लागि आएका विद्यार्थीहरू अबैध रुपमा बस्न थालेपछि  न्याय मन्त्रालयाले सो निर्णय गरेको  आइतबार बताएको छ।

सोमबारदेखिनै लागू हुने उक्त नीति अनुसार तोकिएको कोरियन भाषा पास गरेको विद्यार्थीले मात्र कोरिया अध्ययनको लागि निवेदन दिन पाउनेछ।

त्यस्तै यहाँ रहेका विद्यार्थीलेसमेत भिसा लम्ब्याउन चाहेमा सरकारले तोकेको क्राइटेरिया पुरा गर्नुपर्नेछ। जसलाई ‘ल्याङ्वेज एक्सचेन्ज भिसा सिस्टम’ नाम दिइएको छ।

कोरिया अध्ययनमा आउने विद्यार्थीमध्ये सन् २०१५मा ४ हजार २ सय ९४ विद्यार्थी अवैध बसेका थिए भने सन् २०१८ सम्म आइपुग्दा यसरी अवैध बस्ने विद्यार्थीको संख्या १२ हजार ५ सय २६ पुगेको छ।

‘विश्व विद्यालयलाई विदेसी विद्यार्थी छान्ने नियममा  हामीले निकै लचकता अपनाएका थियौ, तर परिणाम सोचे भन्दा बिपरित आयो’, मन्त्रालयका एक अधिकारीले भने।

यसरी अवैधानिक बस्नेमा भियतनामी विद्यार्थीको संख्या सबैभन्दा बढी छ। सरकारले आगामी दिनमा उच्चस्तरीय ५० वटा विश्वविद्यालयलाई मात्र विदेशी विद्यार्थी अध्यापनको लागि सम्बधन दिने तयारी गरेको बताएको छ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...