Thursday 27th August 2026

विमान बंगलादेश अपहरण गर्न खोज्ने कमान्डो अपरेशनमा मारिए


तीतोपाटी-बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान हाइज्याक गर्न खोज्ने एक व्यक्ति आइतबार साँझ सेनाको कारवाहीमा मारिएका छन् ।

मारिनेमा आफूलाई महेदी बताउने २५ वर्षीय युवा रहेका छन् ।

बंगलादेशी सेनाका अनुसार करीब आठ मिनेटको कमान्डो कारवाहीमा उनी मारिएका हुन् ।

मेहेदीले बन्दुक देखाउँदै ढाकाको चतोग्राम विमानस्थलबाट दुबई उड्न लागेको विमान बंगलादेशको बोइङ ७३७–८०० विमानलाई हाइज्याकको प्रयास गरेका थिए ।

सेनाले विमानमा सवार सबै १४८ जनालाई सकुशल रिहा गरेको जनाएको छ ।

मेजर जेनरल मातिउर रहमानका अनुसार हाइज्याकरले आफ्नो पत्नी र प्रधानमन्त्री शेख हसिनासँग कुरा गर्न चोहेको बताएका थिए ।

‘हामीले उनीसँग कुरा गर्न खोजेका थियौँ तर उनले आक्रमण गर्न खोजे । त्यही भएर कमाण्डोहरुले कारवाही अगाडि बढाउन परेको थियो,’ उनले भने ।

उनीसँग एउटा पेस्तोल फेला परेको सेनाले जनाएको छ ।

स्थानीय समयअनुसार करिब ७ बजेर २५ बजे जाँदा अपहरणकारीलाई घाइते अवस्थामा पक्राउ गरिए पनि उनको पछि मृत्यु भएको थियो ।

आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजे पछि चालक दलले विमानलाई आकस्मिक अवतरण गराएका थिए ।

बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आइएसपिआर) का अधिकारीका अनुसार बिजी १४७ नम्बरको दुबईका लागि भएको बोइङ ७३७ विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, छट्टोग्राममा आकस्मिक अवतरण गराइएको थियो ।

ढाकाबाट दुबईका लागि उडेको करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः४० मा अवतरण गराइएको थियो ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...