Saturday 31st October 2026

युटुबबाट हटाएपछि पशुपति शर्माको “लुट्न सके लुट…” बोलको गीतको झन धेरै चर्चा


तितोपाटी – गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसको चर्चा झन् बढेर गएको छ। उनले तीन दिन अघि मात्र ‘लुट्न सके लुट…’ बोलको गीत सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा उनको यो गीतबारे अहिले समर्थन र विरोधका आवाज सुनिएका छन्। सरकार समर्थकहरु गीतको विपक्षमा देखिएका छन्। अधिकांस सामाजिक सञ्जाल प्रयोगकर्ता शर्माको पक्षमा वहसमा उत्रिएका छन्।

शर्माले शनिबारसाँझ गीत युट्युवबाट हटाएको घोषणा गरेका थिए। उनले गीत हटाए पनि सामाजिक सञ्जालमा गीत भाइरल भइरहेको छ। उनले चार दिन अघि मात्र ‘लुट्न सके लुट…’ बोलको गीत सार्वजनिक गरेका थिए। तर सत्ताधारी दलका नेता कार्यकर्ताको दवावपछि शर्माले युट्युवबाट गीत हटाए। गीत हटाइए पनि उनको गीत डाउनलोड गरेकाहरुले सामाजिक सञ्जालमा भाइरल बनाए। वर्तमान राजनीति, सरकारका काम, वेतिथिबारे कडा प्रहार गरिएको गीत एकाएक लोकप्रिय बन्यो।  सामाजिक सञ्जाल उनको पक्षमा रंगियो। सञ्चारमाध्यमले उनको गीतको समाचारलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गरे।

नेकपा कार्यकर्ताहरुले राष्ट्रपतिको हेलिकोप्टर प्रसंग, यमराजको शासन, दलका कार्यकर्तालाई कुकुर भनेको विषयमा विरोध जनाइरहेका छन्। सरकारी कर्मचारीले जागिर खाएको दुई वर्षमा घर बनाएको, सरकारी अस्पतालका चिकित्सक निजी अस्पतालमा विरामी पठाउने गरेका विकृतिलाई लयमा ढालिएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

प्रतिकृयाहरू
...