Monday 12th October 2026

प्रधानमन्त्री ओलीले नेपाल पानीजहाज कार्यलयको उद्घाटन गरे


तितोपाटी – नेपाल पानीजहाज कार्यालयको उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालयको उद्घाटन गरेका छन। कार्यालय एकान्तकुनामा स्थापना गरिएको छ।

कार्यक्रमा प्रधानमन्त्रीले अब नेपालबाटै पानीजहाज चढ्न पाइने बताए। उनले देश जलयातायातमा प्रवेश गरिसकेको प्रष्टयाए। देशको झण्डा फहराउँदै पानीजहाज चल्ने उनको भनाई छ। उनले पानीजहाजको टिकट यही पाइने बताउँदै देश एक कदम अघि बढेको बताए।

प्रधानमन्त्री ओलीले ‘ड्रिम प्रोजेक्ट’ को रुपमा रहेको पानीजहाज सञ्चालन सम्वन्धि योजना बनाउन यतायात र उद्योगमन्त्रालयलाई निर्देशन दिएका थिए। सरकारले पानीजहाज चलाउने योजना बनाउँदा यसलाई असम्भव भन्ने समेत गरिएको थियो। पानी जहाजका विषयलाई सामाजिक सञ्जालमा आलोचना तथा मजाकको रुपमा पनि लिइएको थियो।

नेपालको जलमार्गहुँदै भारतसँग जोड्ने गरी योजना तयार पारिएको छ। नेपालको नारायणीबाट भारतको गंगा नदीसंग अन्तदेशीय सञ्जाल जोडिने छ। यसको नेपाल र भारतका प्राविधिकहरुले अध्ययन गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...