Wednesday 29th July 2026

भारतको राजधानी नयाँ दिल्लीको अर्पित प्यालेस होटलमा हिँजो अागलागी हुँदा १७ जनाको मृत्यु


तितोपाटी – भारतको राजधानी नयाँ दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मंगलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको भारतीय अग्निनियन्त्रण विभागले जनाएको छ। आगलागीमा परी अन्य ११ जना घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित होटेलमा मंगलबार विहान ४ बजेर ३० मिनेटमा सो आगलागी भएको थियो। तत्काल बारूण यन्त्रसहित केही अग्निनियन्त्रक त्यसतर्फ गएपनि १७ व्यक्तिलाई जोगाउन नसकिएको प्रहरी उप–आयुक्त एमएस रान्धावालाई उद्धृत गर्दै एएनआईले जनाएको छ। विभागका प्रमुख अतुल गर्गले भने, ‘सूचना प्राप्त भएलगत्तै उद्धार टोलीलाई बिहान ४ बजेर ३५ मिनेटमा आगलागी भएको होटलतर्फ पठाइएको थियो र सो टोलीले होटेलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गरेका थिए।’

उद्धार टोलीले घटनास्थलबाट १३ जनाको शव राम मनोहर लोहिला अस्पताल र अन्य चार जनाको शव लेडी हार्डिनेज मेडिकल कलेज तथा बिएलके अस्पताल अन्तिम परीक्षण रिपोर्टका लागि पठाइएको जानकारी दिएको छ । एक महिला र एक बालकले आगलागीपछि आत्तिएर भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको होटेलको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ।

आगोमा जलेर घाइते बनेका ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको अग्निनियन्त्रण विभागले दिएको जानकारी उद्धृत गर्दै एएनआईले उल्लेख गरेको छ। प्रहरी उप–आयुक्त एमएस रान्धावाले भने, ‘आगलागी मा घाइते भएका केहीको अवस्था गम्भीर रहेकोले मृतक संख्या बढ्नसक्ने अनुमान गरिएको छ । चारतले सो होटेलमा ३५ कोठा रहेका थिए भने सोमबार उक्त होटेल एउटा परिवारले कार्यक्रमका लागि लिएको आफूलाई जानकारी भएको रान्धावाले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...