Saturday 31st October 2026

बहुप्रतिक्षित “क्याप्टेन” को ट्रेलर सार्वजनिक


तितोपाटी – अनमोल केसीको प्रतिक्षित चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले धमाकेदार ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा फुटबलर बन्न एक युवकले गर्नुपरेको पीडा, संघर्ष र उसको जीवनमा आउने उतार चढावलाई उतारिएको छ, जहाँ अनमोलसँगै लिड अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई लगायतलाई देख्न सकिन्छ ।

दिवाकर भट्टराईको निर्देशन र भुवन केसीको निर्माणमा तयार भएको चलचित्र आगामी फागुन १७ बाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउँदैछ । शाहिल खानले काटेको ट्रेलर हेरिसकेपछि धेरैले प्रशंसा गरेका छन् ।

चलचित्रलाई दिर्घ खड्काले सम्पादन तथा सुदिप बरालले छायाँकन गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...