Tuesday 6th October 2026

बहुप्रतिक्षित “क्याप्टेन” को ट्रेलर सार्वजनिक


तितोपाटी – अनमोल केसीको प्रतिक्षित चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले धमाकेदार ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा फुटबलर बन्न एक युवकले गर्नुपरेको पीडा, संघर्ष र उसको जीवनमा आउने उतार चढावलाई उतारिएको छ, जहाँ अनमोलसँगै लिड अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई लगायतलाई देख्न सकिन्छ ।

दिवाकर भट्टराईको निर्देशन र भुवन केसीको निर्माणमा तयार भएको चलचित्र आगामी फागुन १७ बाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउँदैछ । शाहिल खानले काटेको ट्रेलर हेरिसकेपछि धेरैले प्रशंसा गरेका छन् ।

चलचित्रलाई दिर्घ खड्काले सम्पादन तथा सुदिप बरालले छायाँकन गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...