Tuesday 23rd April 2024

डाभोस बैठकमा प्रधानमन्त्री ओलीले के बाेले(भिडियो सहित)


तीतोपाटी-केपीशर्मा ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणका प्रयास केन्द्रित गरेको बताएका छन् ।

स्वीट्जरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठक अन्तर्गत ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा प्रधानमन्त्री ओलीले नेपाल समृद्धि र विकासको लक्ष्यमा अघि बढेको बताए । उनले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँदै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गरे । नेपालमा लगानी मैत्री, ऐनकानून जारी भएका बताउँदै अन्तर्राष्ट्रिय लगानीका निम्ति प्रधानमन्त्रीले आह्वान गरे। 

प्रधानमन्त्री ओलीले दक्षिण एसिया इतिहासदेखि नै शिक्षित मानिस र सभ्यताको क्षेत्र भएको बताए । उनले विश्वको सर्वोच्च शिखर सगरमाथादेखि हिन्द महासागर र बंगालको खाडी रहेको यो क्षेत्र आफैंमा समृद्ध रहेको बताए । उनले क्षेत्रीय सहकार्यलाई जोड दिंदै कनेक्टिभिटीमा प्रयासरत् रहेको जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा एनआरएनए - मुजैनी कप फुटबल प्रतियोगिता यहि अप्रिल २५…

सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा…

प्रतिकृयाहरू
...