Friday 9th October 2026

आयुष्मान र प्रियंकाले कलाकारिताको साथसाथै समाजसेवा पनि गर्ने, खोले “आयंका फाउन्डेसन”


तितोपाटी – ईङगेजमेन्ट गरिसकेर असारमा विवाहको तयारीमा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले हिँजो सोमबार परोपकारी संस्था आयंका फाउन्डेसन खोलेको जानकारी दिएका छन् । उनीहरूले कमाईको दश प्रतिशत रकम फाउन्डेसनका लागि खर्चिने जानकारी दिँदै कलाकारिता र समाज सेवालाई समानान्तर रूपमा लग्ने बताएका छन् ।

‘समाजका लागि केही गर्ने अहिले जत्तिको उत्तम समय अरू हुन सक्दैन भन्ने लागेर फाउन्डेसन बनाएका हौँ’ पत्रकार सम्मेलनमा फाउन्डेसनकी महासचिव प्रियंकाले भनिन्, ‘अहिले जोस, जाँगर छ । चर्चा छ । यही बेला समाजमा स्वास्थ्य, शिक्षाबाट टाढा रहेका किशोर किशोरीमाझ चेतनामूलक कार्यक्रम फाउन्डेशनमार्फत् गर्नेछौँ ।’

आयुष्मान फाउन्डेसनका अध्यक्ष हुन् । उनले दुईबिचको सहकार्यमा फाउन्डेसन खुलेपनि व्यक्तिगत सम्बन्धको आरोह अवरोहका कारण संस्था र यसको काम नरोकिनेमा विश्वास दिलाउन चाहे ।

आयंका फाउन्डेसन स्थापनाका लागि सहजकर्ताको भूमिका निर्वाह गरेका निर्देशक सरोज ओलीले साता दिनभित्रै फाउन्डेसनले दुर्गममा पुगेर युवतीहरूमा सेनेटरी प्याड वितरण गर्ने बताए ।

त्यसबाहेक फाउन्डेसनले किशोर, किशोरीको व्यक्तिगत विकासका साथै यौन शिक्षा, बालविवाह, महिनावारी, कुलत जस्ता विषयमा मनोवैज्ञानिक परामर्श दिने, दूरदराजमा रहेका अनाथ, असहाय, पीडित, अपहेलित, गरिब, भेदभावका कारण उचित शिक्षा पाउनबाट वञ्चित बालबालिकाहरूलाई पढ्ने, लेख्ने वातावरण सिर्जना गर्नुका साथै आवश्यक सामाग्रीको प्रबन्ध गर्ने, गराउने, शिशु मृत्युदरलाई कम गर्न नेपाल सरकार तथा अन्य संघसंस्थासँगको सहकार्यमा आयंका फाउन्डेसनले काम गर्ने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

प्रतिकृयाहरू
...