Saturday 3rd October 2026

रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पाैडेलसँग अदालती विवाह गरे


तितोपाटी – चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।

रविले ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको’ भन्दै ‘एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरे। यति चाँडो विवाह गर्ने सोच नभए पनि आफूहरूबारे चलेका चर्चाले चाँडो भएको उनले फेसबुकमा लेखेका छन्। ”यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्‍यो’, उनले फेसबुकमा भनेका छन्।

उनले परम्परागत रुपमा आउँदो बैशाखमा विवाह गर्ने लेखेका छन्। ‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुसी छौँ। र, हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौँ।’

रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।

रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा ‘हट टपिक’ बनेका थिए।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...