Thursday 28th March 2024

पर्वतको मालढुंगामा बस दुर्घटना, घटनास्थलमै ३ जनाको मृत्यु, ३८ जना घाइते


तितोपाटी – पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते छन् । अाज बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डीएसपी भुवनेश्वर तिवारीले बस भीरबाट करिब ६० मिटर तल खसको बताए । उनका अनुसार घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

केही गम्भीर घाइतेलाई अन्यत्र रिफर गर्ने तयारी गरिएको छ ।

 


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...