Monday 31st August 2026

पर्वतको मालढुंगामा बस दुर्घटना, घटनास्थलमै ३ जनाको मृत्यु, ३८ जना घाइते


तितोपाटी – पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते छन् । अाज बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डीएसपी भुवनेश्वर तिवारीले बस भीरबाट करिब ६० मिटर तल खसको बताए । उनका अनुसार घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

केही गम्भीर घाइतेलाई अन्यत्र रिफर गर्ने तयारी गरिएको छ ।

 


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोशी नदीमा गत गत बुधबार १० भदाै २०८३ को बिहान आएको भीषण आकस्मिक बाढीपछि बेपत्ता हुने र ज्यान गुमाउनेको…

नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि सोमबारसम्म ४,७९३ जना बेपत्ता तथा ९१९ जनाको मृत्यु पुष्टि भएको छ। नेपालतर्फ ४,२४७…

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अत्यावश्यक बाहेक हेलिकोप्टर उद्धारको माग नगर्न तथा…

प्रतिकृयाहरू
...