Wednesday 26th August 2026

जाडोमा छालाको हेरचाह कसरी गर्ने


तितोपाटी – जाडो बढेपछि  धेरै मानिस छालाका विभिन्न समस्याबाट  हैरान हुन्छन्। हातखुट्टा फुट्यो, छाला खस्रो भयोजस्ता गुनासा धेरैले गर्छन्। छाला सम्बन्धी समस्याको कारण गर्मीमा भन्दा जाडोमा धेरै मानिस अस्पताल धाउने गर्दछन् । छालालाई बाहिरी वातावरणबाट बचाउने एउटा तह हुन्छ। यो तहको काम पानीलाई छालामै राख्नु र नरम बनाउनु हो। चिसोका कारण छालामा लेयर (तह) बन्दैन र छालाको पानी बाहिर निस्कन्छ। जसका कारण छाला सुक्खा हुन्छ। यसमा क्रममा छालामा कत्ला आउने, अनुहारलगायत देखिने भागका छाला फुट्ने, चिलाउने, बढ्दै गएर छालामा एक्जिमा रोग लाग्ने, हातखुट्टा सुन्निने र जोर्नी दुख्ने लगायतका समस्या देखापर्छन्।

चिकित्सकहरूका अनुसार जाडो मौसममा छालामा यी समस्या आउन नदिनका लागि खानपान तथा छालाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ। बजारमा जथाभाबी पाइने मोस्चराइजर क्रिम प्रयोग गरेको पनि देखिन्छ। तर यसको प्रयोगपछि पनि सुधार हुँदैन। यसको कारण के हो भने सबै क्रिममा छालालाई नरम बनाइराख्ने तत्व नहुनु र कतिपय अवस्थामा क्रिमको सही प्रयोग गर्न नजान्नु पनि हो।

तपाईं कुनै मोस्चराइजर क्रिम प्रयोग गर्दै हुनुहुन्छ भने तातो पानीले शरीर भिजाएलगत्तै प्रयोग गर्नुपर्छ। क्रिम छनौट गर्दा सकेसम्म छाला नरम बनाउने तत्व भएको गर्नुपर्छ। यो कुरा सबैलाई जानकारी हुँदैन। आफ्नो छालाको प्रकृतिअनुसारको क्रिम प्रयोग गर्न छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ। यदि तपाईंको पहुँचमा छाला रोग विशेषज्ञ छैनन् भने नरिवलको तेल र भ्यासलिनजस्ता चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ। चिकित्सकका अनुसार छालालाई सुन्दर र नरम राख्न खानाको पनि उत्तिकै भूमिका हुन्छ। जाडो मौसममा छाला सुन्दर राख्न र विभिन्न रोगबाट बच्न ओलिभ (जैतुन)को तेल, ओखर, एभोकाडोजस्ता चिजको नियमित प्रयोग गर्नुपर्छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...