Thursday 27th August 2026

शेख हसिनाले चाैथो कार्यकालको लागि प्रधानमन्त्री पदको सपथ लिइन्


तितोपाटी – बंगलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । राजधानी ढाकास्थित बंगाभवनमा आयोजित समारोहमा ७१ वर्षीय हसिनालाई राष्ट्रपति मोहम्मद अब्दुल हमिदले शपथ दिलाएका हुन्। बंगलादेशमा हालै भएको निर्वाचनमा आफ्नो दलले संसद्मा बहुमत हासिल गरेसँगै हसिना पुन: प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्।

चार पटक बंगलादेशको बंगलादेशको प्रधानमन्त्री बनेकी हसिनाको यो लगातारको तेस्रो कार्यकाल हो। प्रधानमन्त्रीको शपथसँगै नयाँ मन्त्रीहरुलाई पनि राष्ट्रपतिले शपथ गराएका छन्। ४६ मन्त्रीमध्ये ३१ नयाँ अनुहारका भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यसअघि राष्ट्रपति हमिदले संसदको बहुमत प्राप्त दल अवामी लिगका अध्यक्ष हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका थिए। गत डिसेम्बर ३० मा भएका आमनिर्वाचनमा अवामी लिगको गठबन्धनमा आवद्ध पार्टीले २ सय ८८ सिट जितेका थिए।

बंगलादेशको संसद्मा २ सय ९९ सिट छन्। हसिना सन् २००९ देखि लगातार बंगलादेशको प्रधानमन्त्रीमा छन्। त्यसअघि उनी सन् १९९६ देखि २००१ सम्म प्रधानमन्त्री बनेकी थिइन्। नयाँ संसदको अधिवेशन भने जनवरी २८ देखि सुरु हुने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...