Friday 9th October 2026

जापानले विदेशी कामदार लिने भएपछि नेपालमा म्यानपावर व्यवसायीको ठगी


तितोपाटी – वैदेशिक रोजगारीका लागि जापान पठाइने हल्लासँगै राजधानीका म्यानपावर व्यवसायीहरुले पैशा असुल्न थालेका छन् । जापानमा राजगारीका नाममा पत्रिकामा विज्ञापन गर्दै व्यवसायीहरुले पैसा असुल्न सुरु गरेका हुन् ।

केही समयअघि जापानले नेपालबाट समेत कामदर लिन सक्ने नीतिमा समावेश गरेपछि यहाँका व्यवसायीहरुले युवाबाट राहदानी संकलन गर्ने पैसा समेत अशुल्न थालेका हुन् । वैदेशिक रोजगार विभागले भने सूचना प्रकाशित गरी भ्रममा नपर्न सबैलाई सचेत गराएको छ ।

विभागका निर्देशक भोलानाथ गुरागाईँद्वारा जारी विज्ञप्तिमा जापानमा रोजगारीको हल्लाको पछि नलाग्न सचेत गराइएको हो । जापान रोजगारी विषयमा कुनै पनि निर्णय नभएको भन्दै विभागले कसैलार्इ पनि राहदानी तथा पैसा बुझाउने काम नगर्न आग्रह गरेको छ । जापानसँग श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छिट्टै छलफल गरी टुंगो लगाउने पनि विभागले जनाएको छ ।

निर्देशक गुरागाईले कामदार जापान पठाउने विषयमा टुंगो नलागेकाले म्यानपावर कम्पनी, कन्सल्टेन्सी तथा व्यक्तिलाई पैसा तथा राहदानी नदिन सूचना जारी गरिएको जानकारी दिए । हल्लाकै भरमा कसैले राहदानी संकलन तथा पैसा असुलेको पाइए कारवाही गर्ने विभागले चेतावनी दिएको छ ।

यसअघि प्रशिक्षार्थी कामदारका रुपमा जिट्कोअन्तर्गत केही युवा जापान जाने गरेका थिए । जिट्को अन्तर्गत जापान जाने युवा भन्दा ठगिने युवा बढी थिए । जिट्को प्रभावकारी नभएपछि केही महिनाअघि नै बन्द भइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

प्रतिकृयाहरू
...