Sunday 4th October 2026

लिटल बुद्ध बम्जनको सिन्धुपाल्चोकको आश्रममा प्रहरी छापा


तितोपाटी – आफुलाई लिटल बुद्ध बताउने रामबहादुर बम्जन को सिन्धुपाल्चोक स्थित बाडेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ। काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सिन्धुपाल्चोक प्रहरी टोलीले शुक्रबार आश्रममा छापा मारेको हो।

बम्जनका विभिन्न स्थानमा रहेका आश्रमबाट ४ जना वेपत्ता भएका र एक जनाको हत्या समेत भएको खवर सार्वजनिक भएपछि सिआएबीले अनुसन्धान थालेको र सोहि क्रममा सिन्धुपाल्चोकमा रहेको आश्रममा प्रहरीले छापा मारेको हो।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख मुकुन्द मरासिनीले बाडेगाउँमा रहेको आश्रममा छापा मारेको पुष्टि गर्दै केहि विषयहरुमा अनुसन्धान गनुपर्ने भएकाले सिआइबीको टोली सिन्धुपाल्चोक आएको बताए। प्रमुख मरासिनीले भने टोली कुन विषयका लागि अनुसन्धानकाे क्रममा आएको हो त्यो भने खुलाएनन्। आश्रममा अहिले प्रहरी नियन्त्रण रहेको छ। अनुसन्धान पुरा नभएसम्म प्रहरीले आश्रमलाई आफ्नो नियन्त्रणमा राख्ने मरासिनीले बताए।

आश्रममा बम्जनका केहि अनुयायी मात्रै रहेका छन्। पछिल्लो समय बम्जन भने सिन्धुली स्थित आश्रममा बस्दै आएको बताइन्छ। बाडेगाउँको आश्रममा बम्जन झण्डै १० महिना बसेका थिए। आफन्त हराएका पीडित परिवारले सिन्धुली र मकवानपुर जिल्लामा उजुरी दिएपछि बम्जन माथिको छानबीनमा सिआइबीले अग्रसरता देखाएको हो। सिन्धुपाल्चोकका डिएसपी विमलराज कडेंल नेतृत्वको प्रहरी टोलीले सिआइबीलाई अनुसन्धानमा सघाइरहेको छ।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...