Thursday 30th July 2026

बंगलादेशमा अाज निर्वाचन, शेख हसिनाको पार्टीले नै जित्ने संकेत


तितोपाटी – बंगलादेशमा अाज निर्वाचन भइरहेको छ । मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ। मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। खासगरी ‘शेख हसिना र खालिदा जियाबीचको युद्ध’ का रूपमा व्याख्या गरिएको चुनावी प्रतिस्पर्धालाई विश्व समुदायले समेत निकै चासोका साथ हेरिरहेको जनाइएको छ ।

प्रधानमन्त्री शेख हसिना नै फेरी निर्वाचित हुने अपेक्षा गरिएको आमनिर्वाचनका लागि देशभरी झण्डै ४० हजार मतदान केन्द्रहरु तय गरिएको छ। मुस्लिम समुदायको बाहुल्यता रहेको यस देशमा अहिले प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बङ्लादेश नेस्नल पार्टी (विएनपी) बीच प्रतिश्पर्धा हुने देखिएको छ। प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आएकी छिन्। विपक्षीहरुले भने निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का गरिरहेका छन्।

७१ वर्षीया प्रधानमन्त्री हसिना बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानकी छोरी हुन् । दुई पटक प्रधानमन्त्री भइसकेकी ७३ वर्षीय जिया पूूर्व तानाशाह जियाउर रहमानकी विधवा हुन् । बंगलादेशमा विगत ३ दशकमा भएका चुनावमा मुख्यत: दुई नेतृबीचको प्रतिस्पर्धा हुँदै आएको छ । आइतबारको चुनावमार्फत हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने दाउमा छन् ।
तर भ्रष्टाचार मुद्दामा जेल सजाय काटिरहेकाले जिया प्रत्यक्ष रूपमा चुनावी प्रतिस्पर्धामा छैनन् । उनी बंगलादेशको पहिलो महिला प्रधानमन्त्री हुन् भने मुस्लिम बाहुल्य भएको देशकी दोस्रो । बंगलादेश स्वतन्त्र भएपछिको ११ औं चुनावलाई प्रजातन्त्रको परीक्षणका रूपमा समेत लिइएको छ । जियाले यसअघि सन् २०१४ मा भएको चुनावमा हसिना र उनको सत्तारूढ दल आवामी लिग पार्टीले धाँधली गरको आरोप लगाउँदै वहिस्कार गरेकी थिइन् । जियाको बंगलादेश नेसनल पार्टी (बीएनपी) ले निर्वाचनको प्रचारप्रसारमा सत्तारूढ दलले अवरोध पुर्‍याएको आरोप लगाएको छ ।

गत नोभेम्बरमा बंगलादेशको अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै उनलाई एक दशक लामो जेल सजाय सुनाएको हो । यद्यपि, उनको दलले उनीमाथिको मुद्दा राजनीतिक प्रतिशोधपूर्ण रहेको बताउँदै आएको छ ।

तर लगातार दोस्रो पटक चुनावमा भाग नलिए पार्टीको दर्ता खारेज हुने निर्वाचन आयोगको प्रावधानका कारण प्रतिस्पर्धा गर्न बाध्य भएको हो ।

अधिकारीहरूले चुनावका लागि सुरक्षा व्यवस्थामा उच्च कडाइ गरिएको जनाएका छन् । प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मी गरी करिब ६ लाख परिचालन गरिएको जनाइएको छ । यसैबीच, बंगलादशेमा हुने चुनावलाई मध्यनजर गर्दै उच्च गतिको इन्टरनेट सेना कटौती गरिएको छ ।

अधिकारीहरूले दूरसञ्चार नियामक निकायलाई आइतबार साँझसम्मका लागि उच्च गतिको इन्टरनेट सेवा कटौती गर्न आदेश दिइएको जनाए ।

सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...