Thursday 8th October 2026

ईराकमा काभ्रेका रुप बहादुरको मृत्‍यु,नेपाली दुताबास कुवेतले आबश्यक सहयोग गर्दै


हरि कृष्ण न्यौपाने-काभ्रेपलान्चोक घर भई केही समय देखी ईराकको इर्बिलमा कार्यरत ३३ बर्षिय रुप बहादुर गोलेको ईराकमै मृत्‍यु भएको छ।राहदानी नं:-०७४६३३३८ रहेका गोलेको गत नोभेम्बर-२७, २०१८का दिन मृत्‍यु भएको हो।

ईराकमा रहेका नेपालीहरुको पनि समस्या हेर्दै आएको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कमसंग भने” रुप बहादुर गोलेको ईराकको इर्बिलमा मृत्‍यु भएको र उनको शबलाई नेपाल पठाउने लगाएतको अन्य कानुनी प्रकृयाको लागि नेपाली दुताबास कुवेतले प्रकृया अगाडि बढाएको छ।”मगरले थपे”अस्पातलको रिपोर्टमा जनाईए अनुसार गोलेको श्वासप्रश्वास र मुटु रोगको कारण गत नोभेम्बर-२७ तारिक ईराकको एक अस्पातलमा मृत्‍यु भएको हो।

दितिय सचिब ज्ञान बहादुर मगरका अनुसार मृतक रुप बहादुरको श्रीमती बिष्णु माया गोले पनि ईराकको इर्बिलमै कार्यरत रहेकी छिन।उनी संग नेपाली दुताबास कुवेतको सम्पर्क भैसकेकोले मृतकको शबलाई नेपाल पठाउने लगाएत अन्य कानुनी प्रकृयाहरुमा नेपाली दुताबास कुवेतले आबश्यक साथ-सहयोग गर्ने छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...