Sunday 20th September 2026

दाङमा बस दुर्घटना, मर्नेको संख्या २० पुग्यो, सनाखत हुन बाँकी


तितोपाटी – दाङमा अाज साँझ भएकाे बस दुर्घटनामा परी मर्नेकाे संख्या २० पुगेकाे छ।अन्य केहि घाइते भएका छन्। घाइते मध्ये केहीकाे अवस्था गम्भीर छ। उनीहरूकाे राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ।

सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने स्थानमा दुर्घटना भएको हो। बस सडकबाट झण्डै सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

२० जनाको शब फेला परेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन्।  बस कृष्णसेन इच्छुक पाेलि टेक्निकल इन्स्टि्च्युटकाे रहेकाे बताइएकाे छ। विद्यार्थीहरु सल्यानको मुलपानी बनस्पति उद्यान अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित…

प्रतिकृयाहरू
...