Saturday 18th May 2024

रविको मन छुने कहानी: म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म


तिताेपाटी – सामाजिक संजालमा भेटिएको एउटा दुर्लभ तस्वीरले सोच्न बाध्य बनायो । आज नेपाल आइडलको फिनाले । फिनालेमा पुगेका ४ जना मध्ये एक जनाको तस्विर थियो त्यो । हुन त यो तस्वीरले अरुलाई के कति छुन्छ थाहा छैन तर मलाई निकै हदसम्म यो तस्वीरले सोच्न बाध्या बनायो ।

नेपाल आइडलमा पुगेर आफ्नो क्षमता देखाउदै टप ४ मा पुगेका रवि ओडको कहाँनि अरुको भन्दा कहालीलाग्दो नै छ । उनले भोगेको दुख र गरेको संघर्षले बताउछ कि उनि एकदिन सफलाताको शिखरमा अवस्य पनि पुग्ने छन् । यतिबेला नेपाल आइडलमा संगीतमा साधना गरिरहेका प्रतिष्पर्धी देखि लिएर जीविकोपार्जन गर्नको लागि, घर खर्च चलाउनको लागि म्यादी प्रहरीमा बन्दा ठुलो सफलता पाएको भन गर्ने मान्छे पनि छन् ।

हुन त कसैको तुलना कसैसंग गर्न मिल्दैन तर रवि ओडको गीत संगीतप्रतिको लगाव र गायन कला देख्दा लाग्छ उनु भित्र इश्वरीए देन छ गायन को त्यो उनले जन्मिदा नै ल्याएर आएको थिए सायद । सानै छदा गुनगुनाएको सुनेर आमाले सोच्थीन रे मेरो छोरो एकदिन ठुलो कलाकार बंछा होला ।

तर विडम्बना यतिबेला छोराको सफलता हेर्न चाहने उनलाई जन्माउने आमा यो संसारमा छैनन् यदि हुदी हुन् त आज रविको सफलतामा सबै भन्दा बढी खुसि उनै देखेने थिइन् । यतिबेला उनकि अर्की आमा छन् जसले आमाको मायामा कहिल्यै कमि हुन दिएनन । परदेशमा बुवा छन् जसको खुसीको सिमा नै छैन । हजारौ आफन्त लाखौ शुभचिन्तक छन् । उनीहरु सबैलाई रविको सफलताले निकै खुसि बनाउने छ ।

यतिबेला नेपाल आईडलको फाईनलमा पुगेर प्रतिस्पर्धा गरिरहेका रवि पनि नेपाल आइडलका मुख्य दाबेदार हुन् । आजसम्म डेन्जर जोन मा समेत नपरेका रविलाई देश विदेश बाट धेरै दर्शकको माया साथ र सहयोग मिलेको कुरा प्रष्ट थाहा हुन्छ । सिजन २ को धनगढी अडिशनबाट नेपाल आईडलको यात्रा तय गरेका रबिले हरेक पटक आफुले उत्कृष्ठ गीत गाउँदै निर्णायाक, दर्शक तथा संगीत पारखिको मन जितेका छन् ।

फिनाले नजिकिए संगै आइडलको रौनक समेत निकै बढेको पाइएको छ । रबिले आफुलाई बिजयी बनाउन मोवाईल मार्फत एसएमएस र रेस्पेक्ट मोवाईल एप्लिकेशन मार्फत भोट गरिदिन आव्हान गरेका छन् । मोवाईलको म्यासेज बक्समा गएर रबिको भोटिङ कोड १० टाईप गरी ३१००९ मा भोट गरीदिन देश बिदेशमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।

भोट पौष ६ गते बेलुका ५ बजेसम्म मात्रै हाल्न पाईने भएकोले जतिसक्दो छिटो र जतिसक्दो धेरै भोट गरिदिन उनको अनुरोध छ । नेपाल आईडलको फर्म्याट अनुसार अडिसन हुदै त्यसपछिकाे लामाे यात्रा पार गर्दै सुदूरपश्चिम धनगढीबाट रवि ओड सहित पश्चिम पोखराका बिक्रम बराल र पूर्वको झापा बाट अश्मिता अधिकारी र सुमित पाठक नेपाल आइडलको फिनालेमा पुग्न सफल भएका छन् ।

फिनालेमा पुगेका ४ जनाबाटै नेपाल आइडलको टुंगो लाग्नेछ । रबिले सुदूर तथा कर्णाली प्रदेशको संस्कृति झल्किने डेउडा, लोक गीत तथा आधुनिक, राष्ट्रिय, पप लगायतका गीतमा उत्कृष्ठ कला पस्किँदै सबैको मन जित्न सफल भैसकेका छन् । नेपाल आईडलको मञ्चमा उनले गाएका सबैजसो गीतमा जजले प्रशंसा गरेका थिए ।

-रगंपाटी


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...