Monday 12th October 2026

नेपालले अमेरिकासँग सेनाको लागि झण्डै ७ अर्व बराबरको हतियार खरिद गर्ने


तितोपाटी – नेपालले अमेरिकासँग झण्डै ७ अर्व बराबरको हतियार खरिद गर्ने भएको छ ।  नेपाली सेनाका लागि आवश्यक ६ अर्ब ९० करोड बराबरको हतियार अमेरिकाबाट खरिद गर्ने योजना बनाएको बताइएको बुझिएको छ ।

सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम १६ तथा अन्य हतियार र गोलीगठ्ठा खरिदको तयारी छ । तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ त्यसका लागि छुट्याइएको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षाका अनुसार सेनाले प्रयोग गरेका पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाख बजेट विनियोजन भएको छ । यसैबीच सरकारले सेनाका लागि भारतबाट खरिद गरेको सैन्य सामग्रीको तिर्न बाँकी सवा तीन अर्ब तत्काल तिर्ने भएको छ । नेपालले २०६३ पछि हतियार, गोलीगठ्ठा र यातायातका साधन खरिद गरेको ३ अर्ब २१ करोड भारतलाई तिर्न बाँकी छ ।

सैन्य मामिलाबारे काठमाडौंमा बसेको द्विपक्षीय परामर्श समूहको १३ औँ बैठकमा नेपालले तिर्न बाँकी रकम यथाशीघ्र तिर्ने प्रतिबद्धता जनाएको छ । यसअघि सरकारले उक्त रकम मिनाहा गर्न कूटनीतिक च्यानलमार्फत आग्रह गरे पनि भारतले चासो देखाएको थिएन ।

-न्यूज२४


सम्बन्धित शीर्षकहरु

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

प्रतिकृयाहरू
...