Wednesday 20th May 2026

माल्दिभ्सलाई भारतले १ अर्व ४० करोड डलर बराबरको सहयोग दिने


तितोपाटी – भारतले माल्दिभ्सलाई एक अर्ब ४० कराेड अमेरिकी डलर सहयाेग दिने घाेषणा गरेकाे छ। भारत भ्रमणमा रहेका माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको द्वपक्षीय वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले साे रकम दिने घाेषणा गरेका हुन्। वार्तापछि राष्ट्रपति सोलिहले सञ्चारकर्मीसँग भने, “निकट छिमेकीका नाताले दुई देशका जनताबीच मित्रवत सम्बन्ध र सांस्कृतिक समानता रहेको छ।” उनले थपे, “घनिष्ट छिमेकीका हिसाबले दुई देशबीचको व्यापार व्यवसायलाई प्रवर्द्धन सम्भव भएको छ। भारत माल्दिभ्सको एक निकट मित्रमात्रै नभएर एउटा विशाल व्यापारिक सहयोगी हो।”

भेटवार्तामा दुई देशका अधिकारीबीच सामुद्रिक गस्ती, हवाई निरीक्षण र सूचनाको आदानप्रदानमार्फत दुबै देशको सुरक्षालाई मजबुत पार्ने सहमति भएको बताइएको छ। भारतले मालदिभ्सको विकासका लागि गरेको एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग बजेट, मुद्राको विनिमय व्यवस्थापन र ऋण गरी विभिन्न शीर्षकमा प्रदान गरिने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए। दुई देशबीचको गहिरो सम्बन्ध विस्तारका लागि छलफल सफलसिद्ध भएको मोदीको भनाई थियो।

भारतीय प्रधानमन्त्री मोदीले भने, “हामीले मालदिभ्ससँग बृहद् व्यापार सम्बन्ध चाहन्छौँ। भारतीय कम्पनीहरूका लागि माल्दिभ्समा प्रशस्त अवसरहरू रहेका छन्। यो दुबै मुलुकका लागि फाइदाको बिषय हो।” उनले थपे, “हाम्रो सुरक्षा चासोहरू अन्तरनिहित छन्। हामीले हाम्रा जन्मभूमिमा एक आपसमा हानिकारक हुने गतिविधिलाई प्रवेश दिने छैनौँ।”

निर्वाचनपूर्व खासै चर्चामा नआएका चवन्न बर्षीय सोलिहले पूर्व राष्ट्रपति अब्दुल्लाह यमीनसँगको प्रतिस्पर्धामा अनपेक्षित रूपमा राष्ट्रपति निर्वाचित बनेका थिए।  यमीनलाई चीनको निकटस्थ मानिन्थ्यो भने सोलिहलाई भारत तथा पश्चिमा मुलुकहरूको सहयोग रहेको बताइने गरिन्छ।

-एएफपी


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...