Friday 29th March 2024

अन्तर्राष्ट्रिय दलित आन्दोलनका मसीहा डा. अम्बेडकरलाई सम्झदा


तिताेपाटी – १४ अप्रिल, १८९१ मा भारतको महाराष्ट्र काे रत्नागिरी स्थानमा जन्मनुभएका डा. अम्बेडकरको जन्मदिन नजिकिँदै गएको छ भने उहाँको निधन भएको दिन १९५६ डिसेम्बर ६ पनि हामीबाट बिदाई भएर गइसकेको छ । यही सिलसिलामा म डा. अम्बेडकरका विषयमा आफूलाई लागेका दुईचार कुरा शब्दद्वारा व्यक्त गर्न गइरहेको छु । मैंले अलि अगाडिदेखि नै डा. अम्बेडकरको बारेमा जान्न बुझ्न चाहन्थें तर देशमा तत्कालीन अवस्थामा संकटकालको कारणले सम्भव भएन । संकटकाल भरिमा मैंले अम्बेडकरबारे अन्यले जे भन्छन् त्यहीमा अर्थात् उहाँले दलित आन्दोलनको लागि पु¥याएको अमूल्य योगदानका बारेमा राम्रोनराम्रो जे टिप्पणी गर्छन् त्यसैमा चित्त बुझाउनु बाहेक अर्को उपाय थिएन मसँग । तर २०६३ देखि नै उहाँका बारेमा लेखिएको पुस्तक उहाँ स्वयंको रचनाहरु बारेमा पुस्तक पसलदेखि आफूभन्दा जान्ने सुन्नेलाई निकै सोधपुछ गरें तर फेला परेन । २०६४।०६५ मा आएर बुटवल ‘विशाल पुस्तक पसल’ले दिएको जानकारी अनुसार काठमाण्डौ बागबजारबाट डा. बाबासाहेब अम्बेडकर नाम गरेको र लेखक डा. सूर्यनारायण रणमुभेको पुस्तक किनेर पढें । त्यसको लगत्तै भनौं सालको हिसाबले २०६६ तिर पूर्व ‘राष्ट्रिय दलित आयोग’ का अध्यक्ष रामलाल विश्वकर्माले अम्बेडकरकै रचना भाग १ दिने वाचा गर्नुभयो तर २।३ पटकको मिटिङ्गमा सम्भव भएन पछि सल्यानको १ साथीलाई मलाई पुस्तक दिन भनी दिएको उहाँलाई दिन अनुरोध गर्दागर्दै पुस्तक नै हरायो ।

२०६६ सालको अन्त्य तिर हो या २०६७ को शुरुमै एकजना मित्र मेरो आफ्नै गाउँका चन्द्रमणि सापकोटाले पठाई दिएर इण्डियादेखि र पुस्तक मामाले ल्याइदिनुभएको थियो, त्यो अध्ययन गरें । त्यसैगरी सोही समयमा म आफैले काठमाण्डौं बागबजारमै एउटा Ambedkar and Social Justice Volume II आफैले किनेर भाषा समस्याको बाबजुद पनि अध्ययन गरिरहेको छु । जसबाट मलाई धेरथोर हाम्रो समुदायको अन्तर्राष्ट्रिय महान अगुवाका बारेमा आफ्नो धारणा बनाउन महत्वपूर्ण काम गरेको छ र सम्भव भएसम्म उहाँका आफ्नै रचना र उहाँसम्बन्धी लेखिएका पुस्तकहरु पढ्न इच्छुक नै छु । संविधानसभाको तेस्रो पटक थपेको म्याद झण्डै सकिनै लाग्दा गठन गरिएको ‘राज्य पुनर्संरचना आयोग’ मा दलित प्रतिनिधित्व नगराउँदा दलित सभासदहरुको समूह ‘ककस’ ले तीव्र विरोध गरेपछि आयोगमा दलित सहभागिता गराउन सरकार बाध्य भयो र लगत्तै आयोगमा डा. मदन परियारलाई समग्र दलित समुदायको प्रतिनिधित्व गर्ने गरी समावेश गरियो । जसको लगत्तै फेरी विरोध गरेकाले भनौं वा संयोगका कारणले जेसुकै भएपनि आयोग गठन गर्दा दलहरु सबैले आयोग अध्यक्ष दाबी गरेका कारण हुन नसकेको वा तोक्न नसकिएको आयोग अध्यक्षमा मदन परियारलाई अध्यक्ष तोकियो । जुन हामी सबभन्दा पीडित र उपेक्षित दलित समुदायको लागि खुशी गौरवको विषय हो । जसले मलाई अचानक भारतका संविधान निर्माणका बेला भारतीय संविधान निर्माण मस्यौदा समितिको अध्यक्षको भूमिका निर्वाह गर्नुभएका महान व्यक्तित्व डा. अम्बेडकरको याद भयो । तर डा. मदनलाई तुलना गरेको पनि होइन । उहाँहरुको तुलनायोग्य पनि नहोला त्यसमा उहाँहरुको आ–आफ्नै महङ्खव छ नै । तर १९४७ को भारतमा स्वतन्त्रता पश्चात् डा. अम्बेडकरको नेतृत्वमा बनेको संविधान हाल भारतजस्तो विश्वको शक्तिशाली राष्ट्रतर्फ उन्मुख भारतमा जारी छ । त्यतिबेला भारत पनि एकातर्फ स्वतन्त्रता संग्रामका कारण क्षतविक्षत राज्य अर्कातर्फ त्यसको पुनर्निर्माणको चुनौति रहेको बेला बचपन र स्कुले जीवनदेखि जसलाई पिचएडी गर्दासम्म भारतको मुम्बईका गल्लीगल्लीमा छुवाछुत गरी अपमान, तिरस्कार र घृणा गरिन्थ्यो । जसबाटै संविधान निर्माण मस्यौदा समितिको नेतृत्व गरिनु चानचुने विषय होइन । त्यस्तै आज नेपालमा पनि १० वर्षे भीषण जनयुद्ध र त्यसको जगमा भएको २०६२।०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन पश्चात् जनताले मतदानद्वारा बनाएको संविधानसभा संविधान निर्माण समितिको नभएपनि राज्य पुनर्संरचना जस्तो महत्वपूर्ण आयोगको अध्यक्ष मदन परियार बन्नुभएको छ । जो पनि नेपालको परिप्रेक्ष्यमा अछुत नै हो अर्थात् जसको हातको पानी चल्दैन । तपाईंलाई हार्दिक बधाई छ । डा. मदनजी यो पनि इतिहासमा एक युगमा एक पटक आउने महत्वपूर्ण अवसर हो, हाम्रो समुदायको लागि । जुनसुकै आन्दोलन होस् त्यहाँ नीति र नेतृत्वको निकै महत्व हुन्छ । भन्न त हामीकहाँ पनि यही भनिन्छ तर हाम्रो आन्दोलनको अगुवाहरु जसले आफ्नै समुदायको महान् नेतृत्वलाई केवल बुद्धधर्मको शरणमा गएको वर्गीय लडाईं नलडेको भनी सहजै उहाँको आलोचना गर्ने र उहाँको योगदानलाई कम आँक्ने प्रवृत्ति म देख्छु । अर्कातिर डा. अम्बेडकरको नाम जप्ने पुजा गर्ने तर दलित आन्दोलनको लागि काम केही नगर्ने प्रवृत्ति पनि देख्छु म । यी दुवै प्रवृत्ति गलत हुन् । जसले दलित आन्दोलनको अगुवाई गर्छु भन्छ, त्यसले अम्बेडकरलाई द्वन्द्ववादी ढंगले अर्थात् उहाँको कमजोरीको विरोध र सकारात्मक पक्षको समर्थन गर्न सक्नैपर्छ, नत्र उसले दलित आन्दोलनको अगुवाई गर्न असम्भव छ । हामी सबैभन्दा उत्पीडित तथा अपमानपूर्ण जीवन जिउन बाध्य पारिएका समुदायको लागि हाम्रै समुदायबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय नेतृत्वहरु औैंलामा गन्न सक्छौं ।

रुसका समाजवादी सत्ताका राष्ट्रपति स्तालिन जो पेशाले सार्कीका छोरा हुन् तर उहाँको चर्चा दलित वा अछुत भनेर कमै हुन्छ । त्यहाँको वा रुसको परिवेशमा पेशाले गर्दा कोही पनि उचनीच वा छुतअछुत थिएन होला । त्यसैले जुत्ता सिलाउने बाबुको छोरा भएर पनि खासै दलित लिडर भनिएको पाइँदैन । तर अम्बेडकर नै यस्तो नाम हो जो दार्शनिक, बौद्धिक र तार्किक हरेक हिसाबले उच्च नेतृत्व हो । हाम्रो समुदायको उहाँलाई हामी कसरी उपेक्षा गर्न सक्छौं । मानव हुनुको नाताले मान्छेले गल्ती गर्नु स्वभाविक नै छ । जस्तै महान् मान्छेहरुको पनि कमीकमजोरी धेरथोर सबैका छन् । अर्को हामीले विश्वस्तरमा महान् ठानिएको व्यक्तिहरु ती कम्युनिष्ट नेतृत्व हुन् वा प्रजातन्त्रवादी सबैको छ नै । त्यसैले महान् अगुवाले वर्गीय आन्दोलन गरेनन् भनेर आफूलाई कम्युनिष्ट ठान्ने दलितले भन्ने र आफूलाई प्रजातन्त्रवादी दलित ठान्ने दलितले अम्बेडकरलाई शब्दमा भगवान् नै ठान्ने तर वहाँको विचार अनुसार अगाडि नबढ्ने दुवैथरि समस्या छ । दुवै कोणबाट अम्बेडकारको योगदानको उच्च मूल्याङ्कन गरी अगाडि बढौं । अम्बेडकारको राजनीतिक विचारको निष्कर्ष के छ भने, ‘जबतक दलितोंको राजनीति में साझेदारी प्राप्त नही होगी, तबतक उन्हे अधिकार प्राप्त नही हो सक्ते’ भन्ने छ । त्यसैले सबैले पहिला दलितले राजनीतिमा साझेदारी हासिल गर्ने कुरामा जोड दिऊँ, नयाँ संविधानमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र थप क्षतिपूर्तिसहितको अधिकार पनि सुनिश्चित गरौं । किनकी हामीलाई हाल मान्छे भएर बाँच्न पनि दिइएको छैन । त्यसैमा हामी सबै दलितको हित छ र डा. अम्बेडकरप्रति प्रति सच्चा श्रद्धाञ्जली वा सम्मान पुग्नेछ ।

– टेकबहादुर वि.क.

म्याग्दी


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...