Thursday 27th August 2026

फ्रान्समा संदिग्ध बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु


तितोपाटी – मंगलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी एएफपीले दिएको खबरअनुसार फ्रान्सको स्ट्रासबर्ग शहरको एक क्रिसमस मार्केटमा मंगलबार स्थानीय समय राति ८ बजे एक संदिग्ध बन्दुकधारीले गोली चलाएका थिए ।

सडकमा रहेका ती बन्दुकधारीले बजारमा सामान खरिद गरिरहेका ग्राहकतर्फ लक्षित गर्दै फायर गरेका थिए । फायरपछि ज्यान जोगाउन भागदौड मच्चिएको थियो ।

गस्तीमा रहेका सुरक्षाकर्मीले जवाफी फायर गरी आक्रमणकारीलाई घाइते बनाएको भएपनि नियन्त्रणमा लिन भने नसकेको फ्रान्स प्रहरीले उद्धृगर्दै एएफपीले खबर दिएको छ ।

शहरका मेयरले ४ जनाको मृत्यु भएको र घाइते मध्ये तीन, चार जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

बन्दुकधारीको पहिचान भएको र उनी पहिलेदेखि उच्च निगरानीमा रहेको चरमपन्थी समूहका व्यक्ति रहेको बताइएको छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...