Thursday 27th August 2026

मुराद र मुक्वेगेलार्इ नोबेल शान्ति पुरस्कार प्रदान गरियो


तितोपाटी – युद्धका समयमा हुने बलात्कार तथा यौनहिंसाविरोधी अभियन्तालाई यसवर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।

नर्वेको ओस्लो टाउन हलमा सोमबार आयोजित समारोहमा नादिया मुराद र डेनिस मुक्वेगेलाई पुरस्कार प्रदान गरिएको हो । उनीहरुले पदकसहित संयुक्त रूपमा १० लाख स्वीडिस क्रोनर प्राप्त गरे । इराकको कुर्दिस अल्पसंख्यक समुदायकी २५ वर्षीया मुराद बलात्कारपीडित युवती हुन् ।

इस्लामिक स्टेट (आईएस) लडाकुबाट बलात्कृत भएपछि यौनदासीका रूपमा मुरादले चरम यातना भोगेकी थिइन् । उनले २०१६ मा युरोपेली परिषद्ले प्रदान गर्ने भक्लाभ हाभेल मानव अधिकार पुरस्कार पाएकी थिइन् ।

६३ वर्षीय मुक्वेगे कंगोका चिकित्सक हुन् । उनले सहकर्मीको सहयोगमा बलात्कार तथा यौनहिंसाबाट पीडित ३० हजारभन्दा बढी महिलाको उपचार गरिसकेका छन् । डाक्टर मिराकल (चामत्कारिक चिकित्सक) का रूपमा चर्चित मुक्वेगेले सामूहिक बलात्कार र दण्डहीनताका घटनाको निरन्तर निन्दा गर्दै आएका छन् ।

सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि विभिन्न व्यक्ति तथा संस्था गरी ३३१ सिफारिसमा परेका थिए । सन् २०१६ मा सर्वाधिक ३७६ मनोनयनमा परेका थिए । पुरस्कार पाउनेमा हालसम्म ८९ पुरुष, २७ संस्था र १७ महिला छन् ।

सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...