Wednesday 20th May 2026

फ्रान्सका राष्ट्रपतिद्वारा तलब बृद्धि र कर छुटको घोषणा


तितोपाटी – फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेकाे सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’ हरुको आन्दोलनका क्रममा राखिएका मागहरुको पनि सम्बोधन हुने भन्दै यस विषयमा यहाँको संसदलाई विश्वस्त पार्ने प्रयास गर्ने जनाइएको छ। मंगलबार बस्ने यहाँको संसदको बैठकलाई फ्रान्सेली सरकारले यस विषयमा आश्वस्त पार्ने प्रयास गर्ने समाचारमा जनाइएको छ।

पहेँला टिसर्टधारीहरुले आन्दोलनकै माध्यमबाट सरकारलाई दबाब दिने प्रयास गरिरहेका बताइएको छ। सोमबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। उनले सो सम्बोधनका क्रममा हाल फ्रान्समा जारी रहेको आन्दोलनलाई मत्थर पार्ने प्रयास गरेकाे बताएका थिए।

सो सम्बोधनपछि सरकारले मंगलबार संसदलाई आश्वस्त पार्ने प्रयाय पनि गर्न लागेको जनाइएको छ। सो घोषणामा हाल आन्दोलनमा जारी राखिएका मागहरुलाई राष्ट्रवपतिले सम्बोधन गरेकाे बताइएको छ।

महंगीविरुद्ध आन्दोलन चर्किएपछि दबावमा परेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गरेका छन्। सो आन्दोलनमा इन्धनको मूल्य बृद्धिको निर्णय फिर्ता लिन र महङ्गी नियन्त्रण गर्न राष्ट्रपतिसमक्ष माग गरिएको छ।

तर राष्ट्रपति म्याक्रो यी कामहरुमा असफल भएको आरोप आन्दोलनकारीहरुले लगाएका छन्। फ्रान्सेली राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै उनले सन् २०१९ देखि न्युनतम तलबमा मासिक एक सय यूरो बढाउने लगायतका घोषणा गुरेकाे बताइएको छ।

कम आय भएका र पेन्सन बुझ्दै आएकाहरुमा लगाइएको कर पनि खारेज गरिएको राष्ट्रपति म्याक्रोले सो सम्बोधनमा बताएका छन्।

ओभर टाइमको आम्दानीमा पनि अब कर लाग्ने छैन। रोजगारदाताहरुलाई वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने उनले बताएका छन्।
-सिन्ह्वा


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...