Friday 19th April 2024

शिव सेना सडकमा उत्रने, ५ हजार शिव सैनिक मकवानपुर खटाइयो


तीतोपाटी-हिन्दु राज्य र राजतन्त्रको पक्षमा विभिन्न ठाउँमा अभियान चलाइरहेको शिव सेना नेपालले सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।

दुई दिनसम्म चलेको उपत्यका कार्यसमितिको बैठकले ‘हिन्दु राज्य र राजतन्त्र’ पुर्नस्थापनाका लागि सडक आन्दोलन नै अन्तिम विकल्प भएको निर्णय गरेको हो । यसकारण आन्दोलनमा जाने तयारी भएको शिव सेनाका अध्यक्ष अनिल बस्नेतले बताए । बैठक उनको अध्यक्षतामा नै बसेको थियो ।

सांकेतिक आन्दोलन जारी राखेको शिव सेनाले सडक आन्दोलन मकवानपुरबाट थाल्ने पनि जनाएको छ । त्यसका लागि ५ हजार शिव सेनाका कार्यकर्ता (शिव सेना सैनिक) खटाइएको छ ।

शिव सेनाले हिन्दु राज्य र राजतन्त्रका निम्ति प्रशिक्षण, भेला र बैठक गर्दै आइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...