Friday 4th September 2026

कांग्रेस नेता लामा द्वारा ५ एमबुलेन्स हस्तान्तरण


तीतोपाटी-नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण कतिपय बिरामी अस्तपालसम्म पुग्न नसकी मृत्यु हुने गरेको समाचार आउने गरेकोले त्यस्ता समस्या नभई बिरामीलाई सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको सांसद लामाले बताए।

उनले गत वर्ष पनि दोलखाको खारेमा एक एम्बुलेन्स हस्तान्तरण गरेका थिए । एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सांसद लामाले कसैलाई पनि भेद्भाव नगरी सेवा दिन सबैलाई आग्रह गरे । ‘यो पार्टी र ऊ पार्टीको नभनी सबैलाई सेवा दिनुहोस्’, सांसद लामाले भने, ‘मेरा लागि दोलखावासी सबै समान हुन अझै थप पाँच एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा छु ।’

उनले एम्बुलेन्स खरीदमा आफू सांसद भएपश्चात्को तलबभत्ता रकम खर्च गरेको बताए । समाजसेवी एवं सांसद लामाले आफ्ना आमाबुबाको नाममा स्थापना गरेको तेङ्मा दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...