Friday 26th April 2024

अन्तरप्रदेश परिषद्को बैठक सिंहदरबारमा


तीतोपाटी-आइतबार मुख्मन्त्रीहरुले बोल्ने क्रम नसकिएपछि अन्तरप्रदेश परिषद्को बैठक आज पनि बसिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

आइतबारको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्ना धारणा राखेका थिए ।

आजकोे बैठकमा प्रदेश ५, कर्णाली र सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । प्रादेशिक अभ्यास सुरु भएको १० महिनापछि पहिलोपटक अन्तरप्रदेश परिषद्को बैठक सुरु भएको हो ।

आइतबारबाट सुरु भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलमा पस्ने बित्तिकै कोही खेलाडी पनि च्याम्पियन नहुने बताएका थिए । प्रधानमन्त्री ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकोले यसलाई संरचनागत रुपमा बलियो बनाउन आफैं लाग्नु पर्ने बताए ।

प्रधानमन्त्रीले संघीयता कार्यान्वयनका लागि सरकारले गति बढाउनुपर्ने बताएका थिए । संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्ने प्रधानमन्त्रीको धारणा छ ।

आइतबारको बैठकमा बोल्ने मुख्यमन्त्रीहरुले आफूहरुमा अझै अलमल रहेको, संघीय सरकारले समन्वय नगर्दा काम गर्न असहज भएको, कर्मचारी नभएको, बजेट नदिइएको तथा प्रादेशिक सरकारले प्रभावकारी काम गर्न नसकेको कारण संघीयताप्रति नै प्रश्न उठेको गुनासो गरेका थिए ।

परिषदमा प्रधानमन्त्रीसहित संघीय सरकारका गृहमन्त्री, अर्थमन्त्री तथा सातै प्रदेशका मुख्यमन्त्री सदस्य हुने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा २३४ मा संघ र प्रदेशबीच तथा प्रदेश– प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न एक अन्तरप्रदेश परिषद् रहने व्यवस्था रहेको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...