Thursday 27th August 2026

अमेरिकी लडाकु विमान जापानको अाकासमा एक-अापसमा ठोकिएर दुर्घटना


तितोपाटी – जापानको दक्षिण–पश्चिमी तटीय क्षेत्रमा दुई अमेरिकी लडाकु विमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले विमानमा सवार चालक दलका ७ मध्ये ५ जना हराइरहेको बताएका छन् । आकाशमा एक लडाकु विमानमा सैनिक विमानबाट तेल भर्ने क्रममा ठोकिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

अमेरिकी मरिन कप्र्सका अनुसार एफए–१८ लडाकु विमान र तेल बोकेर आएको केसी–१३० सैनिक विमान एकआपसमा ठोक्किएका थिए । पश्चिमी जापानको हिरोसिमानजिक इवाकुनीस्थित अमेरिकी सैनिक अखडाबाट तालिमको सिलसिलामा विमानहरु उडेलगत्तै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

अमेरिकी सैनिक अधिकारीले दुर्घटना सैनिक अखडाबाट करिब ३ सय २० किलोमिटर टाढा प्रशान्त महासागरमा भएको थियो । तत्काल खोजी तथा उद्धारमा खटिएका सैनिकले चालक दलका दुई सदस्यलाई उद्धार गरेका थिए ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् । खोजी र उद्धारमा जापानी सैनिक विमान र पानीजहाज पनि परिचालन गरिएको जापानी सैनिक अधिकारीले बताए ।

पछिल्ला केही समयदेखि जापानी तटीय इलाकामा अमेरिकी लडाकु विमान र नौसैनिक जहाजहरुको दुर्घटना हुने क्रम बढेको छ । गत महिना पनि एउटा अमेरिकी नेभीको लडाकु विमान ओकिनावानजिक दुर्घटनाग्रस्त भएको थियो । गत अक्टोबरमा एउटा एमएच–६० सी–हक लडाकु विमान पनि फिलिपिनी सागरमा उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो । जापान र अमेरिकाबीचको सुरक्षा सम्झौताबमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...