Saturday 1st August 2026

श्रम समितिले बनायो उपसमिति, एलपी साँवाले पाए यस्तो जिम्मेवारी


तीतोपाटी-संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता समितिले चारवटा विषयगत उपसमिति गठन गरेको छ । चारमध्ये श्रम तथा रोजगार उपसमितिको संयोजकमा नेकपाका सांसद एलपी साँवा लिम्बु सर्वसम्मत चयन भएका छन् ।

बिहिवार बसेको श्रम तथा रोजगार उपसमितिको बैठकले झापा ४ बाट निर्वाचित साँवालाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका साँवा श्रम तथा रोजगार क्षेत्रमा गहिरो ज्ञान भएका सांसद हुन् । उपसमितिले स्वदेश र वैदेशिक रोजगारीका क्षेत्रका समस्या र चुनौतिहरुको अध्ययन गरी सरकारलाई नीतिगत निर्देशन दिनेछ ।

वैदेशिक रोजगारीका समस्याहरुबारे छलफल गर्ने र श्रम गन्तव्य मुलुकहरुसँगको सम्बन्धबारे पनि उपसमितिले नीतिगत र व्यवहारिक रुपमा सरकारलाई निर्देशन दिने साँवाले बताए । स्वदेशभित्रै रोजगारीका क्षेत्र पहिचान गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणाको तयारीमा सरकार रहेका बेला उपसमितिले त्यसमा सहजीकरण गर्ने भएको छ ।

समितिले उद्योग तथा वािणज्य, उपभोक्ता हित, सार्वजनिक संस्थान र श्रम तथा रोजगार उपसमिति गठन गरी काम थालेको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताए ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...