Friday 26th April 2024

श्रम समितिले बनायो उपसमिति, एलपी साँवाले पाए यस्तो जिम्मेवारी


तीतोपाटी-संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता समितिले चारवटा विषयगत उपसमिति गठन गरेको छ । चारमध्ये श्रम तथा रोजगार उपसमितिको संयोजकमा नेकपाका सांसद एलपी साँवा लिम्बु सर्वसम्मत चयन भएका छन् ।

बिहिवार बसेको श्रम तथा रोजगार उपसमितिको बैठकले झापा ४ बाट निर्वाचित साँवालाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका साँवा श्रम तथा रोजगार क्षेत्रमा गहिरो ज्ञान भएका सांसद हुन् । उपसमितिले स्वदेश र वैदेशिक रोजगारीका क्षेत्रका समस्या र चुनौतिहरुको अध्ययन गरी सरकारलाई नीतिगत निर्देशन दिनेछ ।

वैदेशिक रोजगारीका समस्याहरुबारे छलफल गर्ने र श्रम गन्तव्य मुलुकहरुसँगको सम्बन्धबारे पनि उपसमितिले नीतिगत र व्यवहारिक रुपमा सरकारलाई निर्देशन दिने साँवाले बताए । स्वदेशभित्रै रोजगारीका क्षेत्र पहिचान गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणाको तयारीमा सरकार रहेका बेला उपसमितिले त्यसमा सहजीकरण गर्ने भएको छ ।

समितिले उद्योग तथा वािणज्य, उपभोक्ता हित, सार्वजनिक संस्थान र श्रम तथा रोजगार उपसमिति गठन गरी काम थालेको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताए ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...