Saturday 1st August 2026

करोडौँ घोटालामा मुछिएका खानेपानी संस्थानका जीएम बर्खास्त


तीतोपाटी-करोडौँ घोटालामा मुछिएका खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई हटाइएको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बुधबार प्रसादलाई जिम्मेवारीबाट हटाएकी हुन् ।

मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको, घोटालामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरेको भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको मन्त्रालयको उच्च स्रोतले जनाएको छ । तत्कालका लागि मन्त्रालयका उपसचिव लिलानाथ ढकाललाई महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय भएको मन्त्रालय स्रोतले जनाएको छ।

भूपेन्द्र प्रसादलाई बुटवल र नेपालगञ्ज खानेपानीको पाइप खरिदमा २५ करोड रुपैयाँ घोटला गरेको आरोप लागेको छ। प्रसादलाई खानेपानी संस्थानका विभिन्न २४ वटा शाखालाई एकलौटी ढंगले ८५ करोड रुपैयाँ विनियोजन गरेको आरोप समेत लागेको छ ।

यसअघि खानेपानी मन्त्रालयका कानून शाखाका उपसचिव गुणराज श्रेष्ठको नेतृत्वमा २५ करोड घोटलाको छानबिन समिति गठन भएको थियो।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...