Thursday 25th April 2024

प्रियंका-निकको विहे पछिको पार्टीमा मोदी पनि सरिक


तितोपाटी – बलिउड ‘देशी गर्ल’ प्रियंका चोपडा विवाहकै कारण चर्चामा आइन । उनले दुई चरण अर्थात क्रिश्चियन र हिन्दु संस्कारमा रहेर अमेरिकी गायक निक जोनससँग भारतको जोधपुरस्थित उम्मैद भवनमा लगनगाँठो कसिन् । विवाह पश्चात मंगलबार बेलुका प्रियंका चोपडा र निक जोनसको दिल्लीमा भएको रिसेप्शन पार्टीमा प्रधानमन्त्री नरेन्द्र मोदी खास अतिथी बनेर पुगे ।राज घराना शैलीमा सम्पन्न उक्त विवाहको रिसेप्सनमा पुगेका प्रधानमन्त्री मोदीले बधाइ दिंदै प्रियंका र निकसँग तस्बिर पनि खिचाएका थिए ।

सो अवसरमा प्रधानमन्त्री मोदीले प्रियंकाको परिवारसँग पनि भेटघाट गरेका थिए । बिहे अगाडि नै प्रियंका मोदीलाई बिहेको निम्तो दिन पुगेकी थिइन् । यसअघि मोदीले नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको बिहे पार्टीमा पनि सहभागीता जनाएका थिए । यसपछि उनी बलिउडकी अर्की नायिकाको बिहे पार्टीमा पुगेका हुन् ।

प्र‍ियंका चोपडा र निक जोनसले मंगलवार द‍िल्लीमा पहिलो र‍िसेप्शन पार्टी दिएका थिए । प्रियंका र निकको विवाह २ रीतिले गरिएको थियो ।एक हिन्दु रीत र अर्को क्रिश्चीयन रीत, क्रिश्चीयन रीतबाट गरिएको विवाहको र‍िसेप्शनमा सबैभन्दा पहिले प्रियंका र निकको आमाहरुले आफ्नो भनाइ राखेका थिए त्यसपछि परम्परागत गीतमा नाचेका थिए । नाचपछि क्रिश्चीयन चलनअनुसार जोडीले केक काटेका थिए ।

निक र प्रियंकाले अब मुम्बइमा बिहे पार्टीको आयोजना गर्दैछन् । उनीहरुले आफ्नो बिहेलाई निकै नै गोप्य राख्ने प्रयास गरेका थिए । बलिउड हुँदै हलिउडसम्म अभिनय यात्रा पुर्याएकी ३६ बर्षिया नायिका प्रियंका चोपडाको आफु भन्दा १० बर्ष कम उमेरका हलिउड गायक निक जोनससँग यसै वर्षको शुरुमा इन्गेजमेन्ट भएको थियो।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...