Saturday 17th October 2026

कुवेतमा एक नेपाली महिलाको मृत्‍यु


हरी कृष्ण न्यौपाने- गौरादह-५, झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत ३८ बर्षिया रमा श्रेष्ठको आज डिसेम्बर २ तारिक २०१८ आईतवार बिहान मृत्‍यु भएको छ।

रमा श्रेष्ठको मृत्‍युको बारेमा प्रारम्भिक जानकारी आए पनि मृत्‍युको कारण,पूर्ण बिबरण र प्रहरी रिपोर्ट आउन बाँकी रहेको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकमलाई बताए ।मगरले मृतकको पूर्ण जानकारी र रिपोर्ट आए पछी घर-परिवारमा समन्वय गरी,मृतकले पाऊनु पर्ने सेवा सुबिधा लगाएत सम्पूर्ण कानुनी प्रकृया पुरा गरि शब छिट्टै पठाऊन दुताबासले सहयोग गर्ने छ।

मृतक रमा श्रेष्ठकी छोरी सविना श्रेष्ठ पनि कुवेतमै एक बर्ष देखी घरेलु महिला कामदारकै रुपमा काम गर्दछिन। सबिनाले तितोपाटी डटकम सँग भावबिहिल हुदै भनिन” म कुवेत एक बर्ष भए पनि ममी सँग भेटन पाएको थिईन।दुई दिन अघी फोनमा कुरा गर्दा छाती तथा ढाड-पेट दुखी रहेको बताउने ममिलाई भेटनै जुराएको रहेनछ।”

प्राप्त जानकारी अनुसार मृतक रमा श्रेष्ठ पटक-पटक गरी ११ बर्ष देखी कुवेतमा कार्यरत थिइन भने करिब ५ बर्ष देखी साहुको घरबाट भागेर अबैधानिक रुपमा लुकी-छिपी काम गर्दै आएकी थिईन ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...