Friday 29th March 2024

कुवेतमा एक नेपाली महिलाको मृत्‍यु


हरी कृष्ण न्यौपाने- गौरादह-५, झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत ३८ बर्षिया रमा श्रेष्ठको आज डिसेम्बर २ तारिक २०१८ आईतवार बिहान मृत्‍यु भएको छ।

रमा श्रेष्ठको मृत्‍युको बारेमा प्रारम्भिक जानकारी आए पनि मृत्‍युको कारण,पूर्ण बिबरण र प्रहरी रिपोर्ट आउन बाँकी रहेको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकमलाई बताए ।मगरले मृतकको पूर्ण जानकारी र रिपोर्ट आए पछी घर-परिवारमा समन्वय गरी,मृतकले पाऊनु पर्ने सेवा सुबिधा लगाएत सम्पूर्ण कानुनी प्रकृया पुरा गरि शब छिट्टै पठाऊन दुताबासले सहयोग गर्ने छ।

मृतक रमा श्रेष्ठकी छोरी सविना श्रेष्ठ पनि कुवेतमै एक बर्ष देखी घरेलु महिला कामदारकै रुपमा काम गर्दछिन। सबिनाले तितोपाटी डटकम सँग भावबिहिल हुदै भनिन” म कुवेत एक बर्ष भए पनि ममी सँग भेटन पाएको थिईन।दुई दिन अघी फोनमा कुरा गर्दा छाती तथा ढाड-पेट दुखी रहेको बताउने ममिलाई भेटनै जुराएको रहेनछ।”

प्राप्त जानकारी अनुसार मृतक रमा श्रेष्ठ पटक-पटक गरी ११ बर्ष देखी कुवेतमा कार्यरत थिइन भने करिब ५ बर्ष देखी साहुको घरबाट भागेर अबैधानिक रुपमा लुकी-छिपी काम गर्दै आएकी थिईन ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...