Friday 4th September 2026

रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा


तीतोपाटी-पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन ।

भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए ।

नगरपालिकाबाट भारतमा रोजगारी गर्न गएकामध्ये पहिलो चरणमा १०० जनाकोे निःशुल्क दुर्घटना बीमा गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाका तीन सहकारीमा आवद्ध शेयर सदस्यका घरपरिवारबाट कोही भारत गए उनीहरुको बीमा गरिने भएको हो ।

जिल्लास्थित पाटन नगरपालिका र ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस)को संयुक्त सहकार्यमा पाटनस्थित उदयदेव महिला बचत तथा ऋण सहकारी संस्था, खोड्पेस्थित सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था र सिद्धपुरस्थित महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध शेयर सदस्यका परिवारको बीमा गर्न लागिएको रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए । बैतडीका अधिकांश नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...