Friday 4th September 2026

वाइडबडी खरिद प्रकरण : सात दिनभित्र प्रतिवेदन बुझाउन संसदीय समितिको निर्देशन


तीतोपाटी-संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले गरेको वाइडबडी खरिदका विषयमा सात दिनभित्र प्रतिवेदन बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले विमान खरिद प्रक्रिया र अनियमितता भए/नभएको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मालाई बोलाएर छलफल गरेको थियो ।

बैठकमा सचिव रेग्मीले निश्चित समय दिए अनुगमन गरेर राय दिने बताएका थिए । लगत्तै समितिले सात दिनभित्र विमान खरिद प्रक्रियाको अनुगमन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

सचिव रेग्मीले निगमले धेरै विषयमा आफूहरुसँग सहकार्य नगरेकाले निगमले गरेका सार्वजनिक खरिदका धेरै कामबारे जानकारी नभएको बैठकमा बताएका थिए । सांसद हृदयश त्रिपाठी, विशाल भट्टराईलगायतले वाइडबडी खरिदमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग गर्नुपर्ने बताएका थिए ।

कार्यालयका यसअघि गत आइतबार बसेको लेखा समिति बैठकमा सभापति भरत शाहले वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका थिए ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...