Thursday 8th October 2026

राजधानीको बुद्धनगरमा भीषण आगलागी (भिडियोसहित)


तितोपाटी डटकम-काठमाडौं–राजधानीको बुद्धनगरस्थित एक फर्निचर गोदाममा भीषण आगलागी भएको छ ।

दिउँसो साढे ३ बजेदेखि राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी सुरु भएको हो । आगलागी सुरु भएसँगै काठमाडौं, ललितपुर र भक्तपुरका साथै स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी बृत्त वानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

उनका अनुसार टीनले बारेर बनाइएको सो गोदाममा के कारणले आगलागी भयो भन्ने बारे खुल्न बाँकी रहेको छ।नजिकै रहेका घरहरु पनि आगोको जोखिममा रहेकाले सो क्षेत्रमा त्रास फैलिएको छ ।


साभार-रातोपाटी


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...