Wednesday 24th June 2026

गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि नाच्दै बन्दना नेपाल


तितोपाटी – १७ वर्षीय बन्दना नेपाल गिनिज बुक वल्र्ड रेकर्डमा नाम राख्ने उद्देश्यसहित नाच्न थालेकी छिन् । गिनिज बुकमा  लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा छ । उनले गत शुक्रबारबाट नाच्न थालेकी उनले अहिलेसम्म ८६ घन्टा नाचिसकेकी छिन् । धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९ मूर्तिढुंगाका बन्दना अहिले  बत्तिसपुतलीस्थित विगफुडल्यान्डमा नाचिरहेकी छिन्।

नेपाल फाउन्डेसनका सह संयोजक सन्तोष लामाले बन्दनाले अहिलेसम्म ५५ घण्टा नाचिसकेको बताए । उनले भने, ‘अहिले सम्म ५५ घण्टा नाचिसकेकी छिन् । उनको नाच्ने क्रम जारी रहेकोले सोही समयसम्म नाचेर नेपाल विश्वसामु चिनाउने विश्वास लिएका छौँ ।’ उनका अनुसार अहिलेसम्म उनको स्वास्थ्यमा केही असर देखिएको छैन् ।  उनको स्वास्थ्य सुरक्षाको  लागि डाक्टरहरूसमेत ल्याइएको छ । उनले थप ब्रेक समय भने मागेकी छन् । ४/४ घण्टाको समयमा ५ मिनेट मात्रै बिसाउन पाउने पहिले नियम रहे पनि अहिले भने उनले १० मिनेट आराम गर्न पाउने छिन्।

लगातार १ सय २६ घण्टा नाचेर गिनिज बुक अफ  वल्र्ड रेर्कड राख्ने बन्दनाको लक्ष्य छ । भारतीकी हेमालथाले  २०१० मा १ सय २३ घण्टा १५ मिनेट नाचेर गिनिज बुक अफ  वल्र्ड रेर्कडमा नाम राखेकी थिइन् । बन्दनाले यो रेकर्ड ब्रेक गर्न १२ गतेको दिउँसो करिब ४ बजेसम्म नाच्नु पर्ने छ ।  अर्थात् उनले  ६ दिन नाच्ने छिन् । अहिलेसम्म उनले ३ दिन नाचेकी छिन्।

उर्जा मन्त्री बर्षमान पुन र पर्यटन तथा संस्कृत मन्त्री रविन्द्र अधिकारीको आतिथ्यमा समुद्घाटन गरेपश्चात गत शुक्रबार विहान ९ बजेबाट नाचेकी थिइन् । नेपाली भेषमा नृत्य गरेकी नेपालले अहिले लोप हुँदैँ गरेका नेपाली मौलिक गीतमा मात्रै नाच्ने आएकी छिन्।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...