Friday 4th September 2026

जन्ती लिएर नेपाल आउँदैछन् भारतीय प्रधानमन्त्री मोदीका दूत योगी आदित्यनाथ


तीतोपाटी-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ निजी बिमानमा २६ मंसिरमा जन्ती लिएर जनकपुर उत्रिने भएका छन् ।

प्रदेश सरकारले रामजानकी विवाह महोत्सवको तयारी जारी राखेको छ । उक्त महोत्सवमा आदित्यनाथ आउनुको साथै रंगभुमी मैदानमा हुने स्वयंवर कार्यक्रममा सहभागी हुनेछन् । सम्बोधन पनि हुनेछ ।

महोत्सवलाई प्रभावकारी बनाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू जितेन्द्र सोनल, मेयर लालकिशोर साहलगायतले तयारीलाई तिव्रता दिएका छन् ।

योगी आदित्यनाथको सुरक्षाका लागि प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरु सक्रिय छन् ।

आदित्यनाथले जनकपुरधाममा पुजा गर्नेछन् । त्यसपछि उनी मधेश भवनमा आयोजन हुने सम्मान कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

मधेश भवनमा मुख्यमन्त्री लालबाबु राउतले उत्तरप्रदेशका मुख्यमन्त्री योगीको सम्मानमा दिवा भोज दिनेछन् ।

 


सम्बन्धित शीर्षकहरु

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

 खैबर शिकन,  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले विकास गरेको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको नामको अर्थ करिब…

प्रतिकृयाहरू
...