Wednesday 4th November 2026

नवलपरासीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३० जना घाइते


तितोपाटी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल ११ बडेरामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख १०९६ नम्बरको रात्री बस बुधबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परी कञ्चनपुर घर भएका ३३ वर्षीय नेपाली सेनाका जवान लोकेन्द्रबहादुर कार्कीको मृत्यु भएको छ भने अर्का मृतक अन्दाजी ३५/४० का पुरुषको नाम खुल्न सकेको छैन ।

घाइते भएकाहरुको बुटवलस्थित जेनस अस्पताल र लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सडक किनारबाट करिव २० मिटर तल खसेको बस के कति कारणले दुर्घटना भएको हो भन्ने एकिन नभइसकेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

वागादुगु। बुर्किना फासोका राष्ट्रपति तथा अफ्रिकाको साहेल क्षेत्रका तीन सैनिक नेतृत्व भएका मुलुकहरूको गठबन्धन एईएसका प्रमुख इब्राहिम ट्राओरेले अफ्रिकी मुलुकहरूको…

अमेरिकामा नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनको प्रारम्भिक परिणामले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई चुनौती दिएको छ। प्रारम्भिक मतगणनामा विपक्षी…

अमेरिकाले इरानमाथि पुनः सैन्य हमला गरेको पुष्टि भएको छ। तर नोभेम्बर ४, २०२६ सम्म प्राप्त पछिल्ला समाचारका आधारमा यसपटकको आक्रमणमा…

प्रतिकृयाहरू
...