Wednesday 7th October 2026

उदयपुरमा १४ वर्षीया किशोरीलार्इ जवर्जस्ती विवाह गरि बलात्कार गर्नेलार्इ ८ वर्ष कैद


तितोपाटी – १४ वर्षीया किशोरीलार्इ जवर्जस्ती विवाह गरि बलात्कार गरेको अभियोगमा उदयपुरका एक युवालाई ८ वर्ष कैद सजायको भएको छ। बालिकालाई विभिन्न प्रलोभनमा पारी बिबाह गरी बलात्कार गरेको आरोपमा कटारी नगरपालिका २ त्रिबेणीका २५ वर्षीय रविलाल तामाङलाई जिल्ला अदालतले मंगलबार ८ वर्षको सजाय सुनाएको हो।

पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले सो सजायको फैसला सुनाएको हो। किशोरीमाथि बालविवाह गरी बलात्कार गरेको कसुर ठहर्दै ८ बर्ष कैदसँग १ लाख ५० हजार क्षतिपुर्ति भराउन फैसलासमेत भएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए।

२०७५ असार १९ गते किशोरीलार्इ प्रलोभनमा पारी भगाएर विवाह गरेको आरोप तामाङमाथि लागेको थियो। किशोरीलार्इ प्रलोभनमा पारी बालविवाहपछि बैवाहिक बलात्कार गरेको भन्दै पीडितका आफन्त्ले गत असार २२ गते इलाका प्रहरी कार्यालय कटारीमा किटानी जाहेरी दिएपछि तामाङ पक्राउ परेका थिए।

पक्राउपछि हिरासतमा रहेका तामाङलाई साउन १ गते पुर्पक्षका लागि थुना आदेश दिएको थियो। दसैं तिहार र छठका कारण दुईमहिना ढिला फैसला भएको तामाङको मुद्दा छठ सकिएलगत्तै फैसला गरी उक्त सजाय सुनाइएको अदालतले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...