Saturday 18th May 2024

उदयपुरमा १४ वर्षीया किशोरीलार्इ जवर्जस्ती विवाह गरि बलात्कार गर्नेलार्इ ८ वर्ष कैद


तितोपाटी – १४ वर्षीया किशोरीलार्इ जवर्जस्ती विवाह गरि बलात्कार गरेको अभियोगमा उदयपुरका एक युवालाई ८ वर्ष कैद सजायको भएको छ। बालिकालाई विभिन्न प्रलोभनमा पारी बिबाह गरी बलात्कार गरेको आरोपमा कटारी नगरपालिका २ त्रिबेणीका २५ वर्षीय रविलाल तामाङलाई जिल्ला अदालतले मंगलबार ८ वर्षको सजाय सुनाएको हो।

पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले सो सजायको फैसला सुनाएको हो। किशोरीमाथि बालविवाह गरी बलात्कार गरेको कसुर ठहर्दै ८ बर्ष कैदसँग १ लाख ५० हजार क्षतिपुर्ति भराउन फैसलासमेत भएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए।

२०७५ असार १९ गते किशोरीलार्इ प्रलोभनमा पारी भगाएर विवाह गरेको आरोप तामाङमाथि लागेको थियो। किशोरीलार्इ प्रलोभनमा पारी बालविवाहपछि बैवाहिक बलात्कार गरेको भन्दै पीडितका आफन्त्ले गत असार २२ गते इलाका प्रहरी कार्यालय कटारीमा किटानी जाहेरी दिएपछि तामाङ पक्राउ परेका थिए।

पक्राउपछि हिरासतमा रहेका तामाङलाई साउन १ गते पुर्पक्षका लागि थुना आदेश दिएको थियो। दसैं तिहार र छठका कारण दुईमहिना ढिला फैसला भएको तामाङको मुद्दा छठ सकिएलगत्तै फैसला गरी उक्त सजाय सुनाइएको अदालतले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...