Thursday 20th August 2026

अाफ्नै विद्यार्थीको याैन शोषण गरि अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रोफेसर पक्राउ


तितोपाटी – नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ । कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरुसँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो खिचेर ब्ल्याकमेल गर्दै आएका रहेछन् ।

भट्टाचार्यकै विद्यार्थी (परिवर्तित नाम) सानीमायालाई दुई वर्षसम्म प्रयोग गरे । १८ वर्षीया सानीमाया अहिले २० वर्षकी भइन् । उनलाई त्यति बृद्ध व्यत्तिले कसरी फसाए सम्झिन सक्दिनन् । तर भट्टचार्याले खिचेका सानिमायाका आपत्ती जनक फोटोहरु देखेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । तिनै फोटोहरु देखाएर भट्टचार्याले ब्ल्याकमेल गर्न सुरु गरे ।

छोरी उमेरकी सानिमायाले आफूलाई छाडिदिन बारम्बार विन्ती गरिन् तर भट्टचार्या झन् क्रुर बन्दै गए । भट्टाचार्यले केही बोले, कतै उजुरी गरे तथा भनेको समयमा तोकेको होटलमा नपुगे आफ्नो ल्यापटपमा रहेका नाङ्गो फोटो र भिडियो परिवारमा देखाइदिने भन्दै धम्काउँथे । यति मात्रै होइन बोलाएको ठाउँमा एक मिनेट ढिला पुगे ज्यान मार्ने समेत धम्की दिन्थे ।

भट्टाचार्य प्रत्येक साता उनलाई राजाधानीको विभिन्न होटलहरुमा लगेर बलात्कार गर्थे, कुटपिट गर्थे । सानिमायालाई कसैसँग पनि कुरा गर्न बन्देज लगाउँथे, उनको फेसबुक आफै चलाउँथे, सिम कार्ड चेन्ज गराइरहन्थे ।कतिसम्म भने भट्टाचार्यको यातना सहन नसकेर सानिमाया आत्महत्यासम्मको सोचमा पुगिन् । तर उनले त्यसअघि एक पटक हाम्रो कार्यालयमा आएर हामीलाई आफ्नो पीडा बताउने अन्तिम विकल्प रोजिन् । र हामीलाई आफ्नो पीडा सुनाउँदै भट्टाचारर्यको कुरुप अनुहारलाई देखाईन् ।

हामीले सबैै प्रमाण हेरेपछि सानिमायालाई मदत गर्ने सोच्यौं । उक्त दिन पनि भट्टाचार्यले उनलाई दिउँसो ३ बजे काठमाडौंकै एक होटलमा बोलाएका थिए । हामीले उनलाई सँगै लिएर केन्द्रीय अनुशन्धान व्युरो सिआइबी, तथा प्रहरी कार्यालयहरुसग समन्वय ग¥यौं । र हामी उनलाई बोलाइएको होटलमा उनी भन्दा पहिला पुग्यौं । केही बेरमै होटल छिरेका उनले पूर्व निर्धारित कोठा परिर्वतन गरे । कोठा भित्र छिर्ने वित्तिकै फोन किन नउठाएको भन्दै कुटपिट गर्न थाले । कोठा भित्र उनलाई थर्काएको, कुटपिट गरेको आवाज होटल बाहिरैसम्म आएको थियो । कोठा भित्र सानीमाया प्रतिवाद गर्न सक्ने अवस्थामा थिइनन् । सानिमायालाई ढोका खोलेर भाग्न समेत नदिएपछि हामी आफै ढोका खोल भन्दै भित्र छि¥यौं ।

प्रहरी आउनु पूर्व हामीले सबै प्रमाण देखाई मुद्धा चालाउने भनेपछि उनले सानिमायाको खुट्टामा टाउको राखेर माफी मागे र यो मुद्धा यही सेटल गरौं भन्दै बारम्बार भने । सानिमायाको बयानपछि प्रहरीले बोधीसत्वा भट्टचार्यलाई आफ्नो नियन्त्रणमा लियो र युवतीको जाहेरीपछि उनलाई हिरासतमा राख्यो । अहिले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि भट्टाचार्य माथि अनुसन्धान भइरहेको छ ।

सानिमाया मात्र होइन भट्टचार्य अन्य युवतीहरुलाई पनि होटलमा ल्याउने गरेका रहेछन् । बोधीसत्व भट्टचार्य एक कु पात्र हुन् । समाजमा यस्ता धेरै व्यत्तिहरु छन् जो सफेद पोशाकमा यसरी किशोरीहरुलाई ब्ल्याकमेल गरि बलात्कार गरिरहेका छन् । फरक यति छ सानीमाया हिम्मत गरेर अघि सरिन्, अन्य धेरैले अझै बोल्न सकेका छैनन् ।

-न्यूज२४ बाट


सम्बन्धित शीर्षकहरु

चीनमा निर्मित COMAC C919 यात्रुवाहक विमानले पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान पूरा गरेको छ। अगस्ट १२, २०२६ मा Air…

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

प्रतिकृयाहरू
...