Wednesday 7th October 2026

चाकडी र घुसको रकम पुर्याउन नसकेको भन्दै वीरका न्यूरोसर्जनद्वारा राजिनामा


तितोपाटी – वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख गरेका छन्।

सोमबार पदबाट राजीनामा दिएका अधिकारीको राजीनामा पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘पूर्वाग्रह साथ दु:ख दिएको र चाकडि र घुस समेत डिमाण्ड अनुसार दिन असक्षम हुँदा राजीनामा दिएको छु’ उनको राजीनामा पत्रमा भनिएको छ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई अधिकारीले बुझाएको राजीनामामा विगत एक वर्षदेखि वीर अस्पतालको न्यूरो सर्जरी विभागमा तलव विहिन भएर काम गर्दै आएको समेत उल्लेख गरेका छन्। आफुमाथी पूर्वाग्रह राखिएको समेत उनको आरोप छ। ‘वीर अस्पतालले बारम्बार पत्र लेखेर अथक प्रयास गर्दा पनि वीर अस्पतालमा मेरो पोस्टिङ नगरी पूर्वाग्रह राखेर दु:ख दिएकोले राजीनामा दिएको हुँ,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...