Friday 3rd May 2024

चाकडी र घुसको रकम पुर्याउन नसकेको भन्दै वीरका न्यूरोसर्जनद्वारा राजिनामा


तितोपाटी – वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख गरेका छन्।

सोमबार पदबाट राजीनामा दिएका अधिकारीको राजीनामा पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘पूर्वाग्रह साथ दु:ख दिएको र चाकडि र घुस समेत डिमाण्ड अनुसार दिन असक्षम हुँदा राजीनामा दिएको छु’ उनको राजीनामा पत्रमा भनिएको छ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई अधिकारीले बुझाएको राजीनामामा विगत एक वर्षदेखि वीर अस्पतालको न्यूरो सर्जरी विभागमा तलव विहिन भएर काम गर्दै आएको समेत उल्लेख गरेका छन्। आफुमाथी पूर्वाग्रह राखिएको समेत उनको आरोप छ। ‘वीर अस्पतालले बारम्बार पत्र लेखेर अथक प्रयास गर्दा पनि वीर अस्पतालमा मेरो पोस्टिङ नगरी पूर्वाग्रह राखेर दु:ख दिएकोले राजीनामा दिएको हुँ,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...