Thursday 13th August 2026

इन्टरपोलको ८७ औं महासभामा भाग लिन सर्वेन्द्र खनाल युएईमा,एनआरएनले गर्‍यो स्वागत


तिताेपाटी – सोमबार बाट सुरु हुने इन्टरपोलको ४ दिने महासभामा भाग लिन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल युएई आइपुगेका छन्।

सभामा भाग लिन खनालसँगै सिआईबीका निर्देशक डिआईजी निरज शाही, एसएसपी देउती गुरुङ्, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी लगायत सुरक्षा निकाएका प्रमुखहरु सनिवार युएई आइपुगेको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्।

महासभामा अन्तरदेशीय अपराध, चेलिबेटी बेचविखन,अबैध हातहतियारको कारोबार रोकथामको विषयमा छलफल हुने छ । नेपालले पनि सुरक्षाका विषयमा प्रस्तावहरु सभामा राख्ने खनालले बताएका छन्।

सभाले इन्टरपोलको अध्यक्ष पनि चयन गर्नेछ । खनाल सहितको टोलि आउदो सनिवार नेपाल फर्कने कार्यक्रम रहेको छ । यस्तै नेपाल बाट आएको टोलिलाइ गैर आवासीय नेपाली संघ युएईले स्वागत गरेको छ ।

खनाल आगामी शुक्रबार देरा दुबईको काल्टन टावर होटलमा आयोजना हुन गइरहेको एनआरएन युएईको बार्षिक उत्सब कार्यक्रममा बिशेष अथितिको रूपमा उपस्थिति हुने र विभिन्न बिषयमा अन्तरक्रिया गरिने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्।

-एभरेष्ट दैनिक


सम्बन्धित शीर्षकहरु

काठमाडौं, २७ साउन २०८३ — जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको…

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी…

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

प्रतिकृयाहरू
...